
पोखरामा पहिलो पटक हुन गइरहेको नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ। एनभीए भलिबल प्रतियोगिता तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघ अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। अध्यक्ष चन्दले भलिबल संघको आयोजनामा पहिलो पटक भलिबलको ठूलो लिग पोखरामा गर्न गएको बताए। उनले पोखरालाई ‘भलिवुड सिटी’…
महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। आइसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो। योसँगै थाइल्यान्डले अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित बन्यो। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…
नेपालले पहिलो पटक आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले पराजित गर्दै सो स्थान बनाएको हो। ‘सुपर–थ्री’ को शीर्ष २ मा स्थान बनाउँदै नेपालले उक्त सफलता हात पारेको हो। अब, नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ। ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी…
साविक विजेता भारतले यु–१९ साफ च्याम्पियनसीपको उपाधि रक्षा गरेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा सोमबार भएको फाइनलमा भारतले बंगलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि, पेनाल्टी सुटआउटमा भारत भाग्यमानी ठहरियो। निर्धारित समयको खेलमा सुरुवाती अग्रता भारतले लिएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै सिंगमयुम शामीले गोल…
साफ यु–१९ च्याम्पियनसीपमा सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको अरुणञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै च्याम्पियसीपबाट बाहिरियो। यद्यपी, बंगलादेश भने च्याम्पियनसीपको फाइनलमा पुगेको छ। नेपाल–बंगलादेशले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। बंगलादेशको जीतमा कप्तान नज्मुल हुदा फैसल र अशिकुर रहमानले ७४ औँ गोल गरे। बंगलादेशले दोस्रो…
नेपाली महिला टोली आइसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा पुगेको छ। हङकङ र बहराइनबीच शुक्रबार भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा ‘सुपर–थ्री’ मा प्रवेश गरेको हो। नेपालले ४ खेलबाट २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो। हङकङले ४ खेलबाट…
नेपालले आइसीसी महिला टी–२० विश्वकप छनोटको क्रिकेटमा बहराइनलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको हो। वर्षाले प्रभावित थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष भेट्टायो। नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट सर्वाधिक २४…
यु–१९ को साफ च्याम्पियनसीप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको २ टोलीबीचको आज(मंगलबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो। जीतसँगै भारत समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। नेपाल उप विजेतामै सीमित बनेर सेमिफाइनलमा खेल्दैछ। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जीत दिलाउन रोहिन…
आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपाल हङकङसँग पराजित भएको छ। नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो। थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन्। नेपालकी कविता कुँवरले २ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको…
नेपालले यु–१९ साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसीपमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो। सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० ले हरायो। नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो। नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्षु थापाले गोल…