Author Archive »

२ जना युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामको युट्युब च्यानल संचालन गर्दै आएका…

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्। आईसीसीले आज (बुधवार) सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका छन्। भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी…

पोखरामा अन्तरबटालियन भलिबल प्रतियोगिता सुरु

पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ। ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८…

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा मिश्रको नेतृत्व

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्। प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन्। त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि…

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह

साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको…

प्रेस काउन्सिलले २२ अनलाइनलाई सचेत गरायो

प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न संचारमाध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट संप्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र संप्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार समेत गरेको…

चक्कु प्रहारबाट पोखरा मौजाका गुरुङको मृत्यु, २ जना प्रहरि नियन्त्रणमा

पोखरा–२० मौजामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। गए राति १ बजे चक्कु प्रहार हुँदा ३५ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गुरुङलाई चक्कु प्रहारबाट गंभीर घाइते भएको अवस्थामा १ः३० बजे उद्धार गरी मणिपाल अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो प्रहरिका अनुसार घटनामा संलग्न रहेको आशंकामा २ जना शंकास्पद…

गण्डकी प्रदेश फोनिजको अध्यक्षमा श्रीसमगर

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीसमगर चयन भएका छन्। पोखरामा बुधबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीसमगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। यसअघि, श्रीसमगर फोनिज गण्डकीको महासचिव थिए। यस्तै, महाधिवेशनबाट उपाध्यक्ष खुल्लामा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) तर्फ चयन भएका छन्। महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवमा विजय रानामगर (संगठन) तर्फ…

दमौलीदेखि तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदै

तनहुँको जिल्ला सदरमुकाम दमौलीदेखि ऐतिहासिक तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदैछ। व्यास नगरपालिकाले फागुनको २८ गते महिला हाफ म्याराथन गर्ने भएको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २४ गते हाफ म्याराथनको आयोजना गर्ने निर्णय गरेको हो। त्यस्तै, मानहुँकोटदेखि पुलिमराङसम्म व्यास अल्ट्रा म्याराथन हुने बताइएको छ। सम्पन्न बैठकले सो निर्णय गरेको हो। खेलकूदका माध्यमबाट पर्यटन…

तनहुँ बिमलनगरको चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना

तनहुँको बिमलनगरस्थित चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना गरिएको छ। पृथ्वीराजमार्गको बिमलनगर र नयाँपुलको बीच भागमा पर्ने अत्यन्तै रमणीय स्थलको रुपमा परिचित चुनपहराको आकर्षक स्थलमा विश्वकर्मा बाबाको मुर्ति प्रतिस्थापना गरिएको हो। ठाउँको व्यवस्थापन, विश्वकर्मा बाबाको मुर्ति र घण्टीका लागि करिब ५ लाख ६१ खर्च भएको छ। बन्दीपुरका समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयोग गरेका…