Author Archive »

भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष नफस्ने र दोषी उम्कन नसक्ने दाबी गरेका छन्। गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज (शक्रबार) उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने समेत जिकिर गरे। गृहमन्त्रीसमेत रहेका श्रेष्ठ भने, ‘कोही निर्देष फस्ने काम हुदैन।…

गोरखाको आठौं जिल्ला सभाको निर्णय: ‘एक स्थानीय तह, एक प्रमुख उत्पादन’

गोरखा जिल्लाको आठौं जिल्ला सभाले ‘एक स्थानीय तह, एक प्रमुख उत्पादन’ को अवधारणलाई कार्यन्वयन गरी जिल्लालाई आर्थिक रुपमा स्वावलम्वी वनाउन थप टेवा पुर्‍याउने निर्णय गरेको छ। कृषि क्षेत्र दिनानुदिन समस्याग्रस्त हुदै गएको उत्पादक वृद्धि तर्फ लाग्नुपर्ने र जनशक्ति विदेश पलायन हुने जोखिम वढ्दै गएकाले कृषि पेशातर्फको आकर्षणलाई थप टेवा पुर्‍याउन कृषि वीमा कार्यक्रलाई प्रभावकारी ढंगले…

जिल्ला प्रशासन बागलुङले भन्यो, ‘आँखा पाकेको भए नआउनु !

जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ। आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानीलगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो। प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ। प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने…

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुँदै

पोखरा–५, मालेपाटनस्थित सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्दैछ। समाजले आउँदै गरेको हरितालिका तीजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो। तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैँटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा…

पोखरामा कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोष कार्यालय स्थापनाको माग

पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्टार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय कार्यालय स्थापनाको माग गरेको छ। संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग राखेको हो। अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती व्यहोर्न परेको प्रष्ट पारे।…

‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन्। फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार तमु र थकालीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ…

सम्पादक संवादको निष्कर्ष: सामाजिक सञ्जालको दुरुपयोग रोकौं

प्रेस काउन्सिल नेपालले भक्तपुरमा २ दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्नेमा जोड दिएको छ। यसको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने कार्यक्रमको निष्कर्ष छ। कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराए।…

३३ प्रतिशत मात्र होइन, महिलाको समान सहभागिता हुनुपर्‍यो: अध्यक्ष हमाल

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन्। महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्दा रहेको उनले प्रष्ट पारिन्। अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको…

सडक भासिँदा पृथ्वीराजमार्ग एकतर्फी संचालन

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक संचालन भएको छ। उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो। सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै संचालन भएको छ। मुग्लिङ–पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका…

न्यु मिडिया र आचारसंहिताबारे ‘सम्पादक सम्वाद’

प्रेस काउन्सिल नेपालमा न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ गरिएको छ। प्रेस काउन्सिल नेपाले आज (सोमबार) भक्तपुरमा न्यु मिडिया र आचारसंहिताको चुनौति विषयमा ‘सम्पादक सम्वाद’ गरेको हो। कार्यक्रमअन्तर्गत भोली (मंगलबार) ‘सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन’ विषयमा छलफल हुनेछ। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न…