Author Archive »

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी बनेका छन्। महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएकी छन्। अपांगता/अल्पसंख्यकतर्फ काँग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन्। शर्माले ३ हजार ६६० मत पाइन् भने परियारले ३ हजार ७७९ मतभार ल्याए। श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे।  

आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हार्न पुगेको हो। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले…

विभागीय आर्मी आहा रारा गोल्ड कपको क्वाटरफाइनलमा

विभागीय त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै आर्मीले क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे। भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। अब, आर्मीले सेमिफाइनल प्रवेशका लागि संकटा…

२३ औं संस्करणको आहा ! रारा गोल्ड कप सुरु

पोखरामा आहा ! रारा पोखरा गोल्ड कप सुरु भएको छ। सहारा क्लवको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु भएको हो। पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त प्रतियोगितालाई पोखरा महानगरले संरक्षकको भूमिका निर्वाह गरेको छ। प्रतियोगितामा १ विदेशीसहित १२ टिमको सहभागिता छ। प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ। त्यसैगरि,…

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर: प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र पत्र–पत्रिकाहरु टिकाईरहन कठिनाई भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी…

आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित

आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ’डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको…

हेल्प नेपालले जित्यो टाइगर कप भलिबल पुरुषतर्फको उपाधि

चौथो संस्कारणको टाइगर कपको उपाधि टिपटप हेल्प नेपालले जितेको छ। शनिबार पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई स्तब्ध बनाउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जितेको हो। पोखरा रंगशालामा सम्पन्न खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जित्यो। खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै…

टाइगर कप महिलातर्फको उपाधिमा विभागीय एपीएफको ह्याट्रिक

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टाइगर कप भलिबल महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ। आज (शनिबार) पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगिताको अन्त्यसँगै विभागीय एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो। यसअघि, एपीएफले टाइगर कप भलिबलको दोस्रो र तेस्रो संस्करणको विजेता समेत हो। यो जितसँगै एपीएफले लगातार तेस्रो उपाधि जितेको छ। यस संस्करणको फाइनलमा चन्द्रागिरी न्यु…

एपीएफलाई हराउँदै घरेलु गण्डकी टाइगर कप भलिबलको फाइनलमा

घरेलु गण्डकी प्रदेशको भलिबल टोली टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई पन्छाउँदै फाइनल प्रवेश गर्‍यो। गण्डकीले एपीएफमाथि २५–१७ ,…

हेल्प नेपाल टाइगर कप भलिबलको फाइनलमा

हेल्प नेपाल स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको फाइनलमा स्थान बनाएको छ। पोखरामा जारी चौथो टाइगर कपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोट्र्स क्लबले फाइनल यात्रा तय गरेको हो। पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुनरागन गर्दै हेल्प नेपालले जित निकालेको हो। श्रीलंकाले पहिलो सेट २५–१८ जितेपनि त्यसपछिका सेटहरु भने लगातार गुमाउन पुग्यो।…