Author Archive »

गेन्टा र इकातेरिना बने एशिया कप ट्राइयाथलन च्याम्पियन

जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्। पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी…

पोखरामा आज एशियन ट्राइयाथलन कप च्याम्पियनसीप हुँदै

नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ। ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको…

नेपालले जित्यो प्रधानमन्त्री 3 नेसन्स कपको उपाधि

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो। खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यस लगत्तै…

३ महिनामा ७ पटक मन्त्रीमण्डल पुनर्गठन

तीन महिनामा ७ पटक मन्त्रीमण्डल पनर्गठन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) ३ महिनामै सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। पहिलो चरणमा काँग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण काँग्रेसले…

गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको स्तरोन्नती सुरु

ट्रयाक खुलेको भण्डै १५ वर्ष पछि गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडकको स्तरोन्नती सुरु भएको छ। गोरखा र लमजुङ जिल्ला जोड्ने सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपान्तरण हुने अपेक्षा गरिएको छ। पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङ साइलिटार सम्मको २० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो। स्तरोन्तीको जिम्मा पाएको वुड हिल/लामा जेभीले गत फागुन ११ गते सो ठेक्का सम्झौता…

उपचुनावमा तनहुँ र बारामा २६ राजनीतिक दल दर्ता

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका…

पेरिस ओलम्पिक: एसिया छनोटका लागि महिला फुटबल टोलीको घोषणा

पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि २२ सदस्यीय नेपाली महिला टोलीको अन्तिम नाम सार्वजनिक गरिएको छ। नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित…

सुरु भयो यस वर्षको एसईई परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख…

आजदेखि एसईई परीक्षा

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०…

घरेलु टोली विराटनगर (बीसीएफ) विराट गोल्डकप च्याम्पियन

घरेलु टोली विराटनगर सिटी (बीसीएफ) विराट गोल्डकप च्याम्पियन बनेको छ। घरेलु बीसीएफले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको हो। विराटनगरको शहीद रंगशालामा आज (बिहीबार) भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो। विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले १/१ गोल गरे। विराटनगरका लागि खेलको…