Hero News »

युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ। मंंगलबार काउन्सिल सभाहलमा संचालनमा रहेका युट्युब च्यालनका संचालक÷सम्पादकहरुलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री संप्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए। पत्रकार आचारसंहिता…

अनलाइन हिँसा रोक्न साइबर सचेतनाको खाँचो

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले भनिन्, ‘अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान संचालन…

१८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन संचार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेकामध्ये १४३ संचार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख…

प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका…

पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाई

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध…

टेलिभिजन प्रसारणमा आला कार्ट मूल्य प्रणाली लागू

  सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको…

सम्पादक संवाद: ‘मिडियाले सामाजिक उत्तरदायित्व बढाउँ’

सामाजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले ‘सम्पादक सम्वाद’ को आयोजना गर्‍यो। सम्वादमा संचारका विज्ञहरुले युट्युबसहित सामाजिक सञ्जालको पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे । शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउन सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव समेत राखे। सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै…

नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी संचार माध्यम बनाइने मन्त्री शर्माको भनाई

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्। नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र…

सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्। ‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको…

टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…