
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५ औँ हीरक महोत्सव मनाउँदैछ। नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आज (बुधबार) देखि औपचारिक प्रसारणको ७५ औँ वर्षमा प्रवेश गरेको छ। विसं २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भएलगत्तै विसं २००७ चैत २० गते रेडियो नेपालको स्थापना भएको थियो। समावेशी आवाज बनेको रेडियो नेपालबाट २५ भाषामा समाचार र…
कमल गिरीको नेतृत्वमा प्रेस सेन्टर नेपालको नयाँ कार्यसमिति गठन भएको छ। प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएपछि अब गिरीको नेतृत्वमा प्रेस सेन्टर नेपाल चल्नेछ। राजधानी काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन्। निर्वाचन समितिका प्रमुख रहेका गोविन्द…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र प्रेसलाई राजावादीले आक्रमणको निशाना बनाएको उल्लेख गरेका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज (शनिबार) काठमाण्डौंमा उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको छ।’ अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिंगो संचार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘अग्रगमन, शान्ति, विकासको…
वरिष्ठ पत्रकार कोमलनाथ बराललाई यस वर्षको ‘कृष्ण सेन ईच्छुक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। प्रेस सेन्टर नेपालको शनिबार काठमाण्डौंमा सुरु पाँचौ महाधिवेशनको अवसरमा पत्रकार वरिष्ठ पत्रकार बराललाई सो पुरस्कार प्रदान गरिएको हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार बराललाई सो पुरस्कार प्रदान गरेका हुन्। ‘प्रचण्ड’ ले पत्रकार बराललाई ३० हजार रुपैयाँ…
प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। पूर्वप्रधानमन्त्री एवं नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन गरेका हुन्। महाधिवेशनमा देशभरबाट ८ सय ५० जना पत्रकारहरु प्रतिनिधिको रुपमा सहभागी छन्। प्रेस सेन्टर नेपालले महाधिवेशनमा विविध पुरस्कारबाट उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान गरिएको छ। ‘कृष्ण…
नेपाल पत्रकार महासंघले काठमाण्डौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा संचारकर्मीको मृत्यु र संचारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ। महासंघको आज (शनिबार) राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका ६ जना सचिव सदस्य रहेका छन्। समितिमा सचिवहरु रमेश खतिवडा,…
राजधानी काठमाण्डौंमा शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको हत्या र संचार माध्यमहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार बिहान पोखराको सहिद चोकमा विरोध प्रदर्शन र शोक सभा गरेको छ। महासंघ कास्की परिसरबाट र्यालीसहित सहिदचोक पुगेका कास्की पत्रकारहरूले रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न…
आफ्नो स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र संचार गृह तथा संचारकर्मीमाथिको हमलाविरुद्धको प्रदर्शन राजधानी काठमाडौँमा राजाबादीहरुले शुक्रबार आगजनी गरी पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघले शनिबार बिहान काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। नेपाल पत्रकार महासंघको नेतृत्वमा शनिवार बिहान पत्रकारहरूले आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा राजावादीहरुको आगजनी गर्दा पत्रकार रजकको घरभित्र…
राजावादीको आगजनीमा परेर पत्रकार सुरेस रजकको मृत्यु भएको छ। राजधानीको तीनकुनेमा शुक्रबार दिउँसो राजावादी समर्थक प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार रजकको निधन भएको हो। एभिन्युज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ। आगलागीपछि भवनबाट…
राजावादी समूहका प्रदर्शनकारीहरुले हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्। समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए। आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ। आक्रमणबाट पत्रकार समीर जोशी र भिडियो ग्राफर मिलन प्रजापति र चालक रामराजा सापकोटा सिसाका टुक्रा लागेर घाइते भएका छन्। उनीहरुको शरिरका…