
विभिन्न ८ विधामा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वितरण गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपीजे) नेपालद्वारा आयोजित ‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ कार्यक्रममा उत्कृष्ट फोटो पत्रकारहरुलाई सम्मान गरिएको हो। ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र विशेष अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कालगायतले ८ विधामा उत्कृष्ट फोटो…
पोखरामा आज (शुक्रबार) गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको छ। बहुसरोकारवालाबीच समन्वय, सहकार्य र पारस्परिक जवाफदेहिता अभिवृद्धिका लागि गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको हो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक रहनेगरी गठित कार्यसमितिमा मानवअधिकार, पत्रकार, अधिवक्ता, सरकारी कर्मचारी, उद्योग व्यवसायी, प्रहरीसम्बद्ध संघसंस्था सदस्य छन्। सदस्यमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, गण्डकी प्रदेश प्रहरी…
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम दिइएको छ। दर्ता नभए, प्रतिबन्ध लगाउने तयारी पनि थालिएको छ। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटा लगायत सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा शुक्रवार आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।…
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ का लागि उत्कृष्ट ५ मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ८ विधामा उत्कृष्ट ५/५ जनाको नाम सार्वजनिक गरिएको हो। यस पटक अवार्ड ८ विधामा प्रदान गरिँदैछ। जसमध्ये, दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा…
कमला पन्थी, संचारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्। संचारिका समूहको नवौं महाधिवेशनले पन्थीलाई अध्यक्षमा निर्वाचित गरेको हो। महाधिवेशनको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर निर्वाचित बनेकी हुन्। अध्यक्षकी अर्की प्रत्यासी पवित्रा सुनाले ८७ मत ल्याइन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला १२८ मतसहित निर्वाचित बनिन्। उपाध्यक्षकी अर्की प्रतिस्पर्धी लोग्सरी कुँवरले १०० मत…
लक्की चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको आठौं संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्षका अर्का दावेदार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका हुन्। चौधरी, गोरखापत्र अनलाइनका निमित्त सम्पादक पदमा कार्यरत छन्। धनगढी–५, कैलाली निवासी चौधरी विगत १६ वर्षदेखि…
नेपाली काँग्रेस केन्द्रीय सदस्य उदयशम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको औंल्याएका छन्। नेपाल पत्रकार मञ्चको आज (शनिबार) ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका जबराले भने, ‘नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेकोमा त्यसको सराहना गर्दछु।’ नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि…
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ संघीय महाधिवेशन लुम्बिनीमा सुरु भएको छ। फोनिजका संघीय अध्यक्ष गजुरधन राइको अध्यक्षतामा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा संचार संगठनको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ। महाधिवेशनमा देशभरबाट ५१७ जना प्रतिनिधि तथा प्रर्यवेक्षकहरूको सहभागिता छ। ‘समृद्धिको आधार, पूर्ण समावेशीको संचार’ भन्ने मूल नारासहित भइरहेको २…
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता रहेको स्पष्ट पारेका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज (बुधबार) सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र संचारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको छ। संचार जगतको यो महत्वपूर्ण र गंभीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको छ।’ उनले आफू…
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५ औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका छन्। समाजको महत्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार…