
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ। दुबै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिदैं नेपाल पत्रकार महासंघ स्वागत गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट संचार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गुरुङले संचार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताए। उनले थपे, ‘ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ…
पाल्पामा एकै मञ्चबाट २१ जता पत्रकारहरुले पत्रकारिता पुरस्कार पाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले २१ जना पत्रकारलाई एउटै मञ्चबाट पुरस्कृत गरेको हो। महासंघले तानसेनमा आज (मंगलबार) एक समारोह आयोजना गरी जिल्लाका २१ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो। जसअन्तर्गत लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैरे र…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको संचालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन्। मन्त्री गुरुङलेले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति…
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो। यद्यपि, टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल संचालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचीकृत भएको सामाजिक सञ्जालको ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ तोक्नुपर्ने शर्त अघि सारेको छ। साथै, सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग…
प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति संचारसम्बद्ध पुराना सामग्री उपलब्ध गराइदिन सार्वजनिक अपिल गरेको छ। बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि संचारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न संचार माध्यम, संचार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो। काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनैपनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, ‘समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने हो, त्यसको सदुपयोग हुनुपर्छ।’ ‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग…
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ। यसअघि, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो। तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको काँग्रेससहितको गठबन्धन सरकारमा संचार तथा सूचना प्रविधि…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन संचार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया संग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ’, मन्त्री…
राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो। संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्। संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो। मिडिया प्रविधिमा आएका…