शिक्षा-स्वास्थ्य »

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…

एसईईको नतिजा आउँदै (हेर्नुहोस, नतिजा हेर्ने तरिका)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ। यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु…

भरतपुर अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

भरतपुर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरु मागेको हो। अस्पतालद्वारा जारी सूचनाअनुसार मेडिकल अधिकृत १३ जना, नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना गरी ४७ जना स्वास्थ्यकर्मी माग गरेको हो। योग्यता पुगेका ईच्छुकले ७ दिन भित्र आवेदन दिन सक्नेछन्। हेर्नुहोस, सूचना    

साउनको दोस्रो हप्तामा एसइईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएको भन्दै बोर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेको थियो। एसइई परीक्षा गत वैशाख…

माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार ७२ जना उत्तीर्ण

गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, प्रदेश १ मा…

नेपालमै उत्कृष्ट, गण्डकी प्रदेशमै नं १ विन्ध्यवासिनी मावि

पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ। साथै, गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो ।  आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५…

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो। समयभन्दा पहिल्यै ३० हप्तामै…

तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ। गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो। स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ। ‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…

जिल्ला अस्पताल स्याङ्जामा ब्लड बैंक स्थापना

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा एक कार्यक्रमबीच जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो। जिल्ला अस्पताल स्याङ्जामा एक कार्यक्रमकाबीच उक्त रक्त सञ्चार केन्द्रको शुभारम्भ गरिएको हो। जिल्ला अस्पतालमा रगतको अभावमा बिरामीहरूले दुःख पाएका भन्ने…