गण्डकी प्रदेश »

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले जानकारी दिएका छन्। गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्। आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ। प्रदेश…

सबैले सम्झने खालको काम गर्छु: मन्त्री जुग्जाली

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘आफू मन्त्री कति दिन हुने भन्ने टुंगो नभएपनि सांसद भने ५ वर्षसम्म रहन्छु।’ उनले म्याग्दीमा अलपत्र…

गण्डकी प्रदेश सरकारले ऐन संशोधन प्रस्ताव टेबल गर्‍यो

गण्डकी प्रदेश सरकारले विनियोजन ऐन संशोधन प्रस्ताव गण्डकी प्रदेश सभामा टेबल गरेको छ। प्रदेश सरकारले गण्डकी प्रदेश सभामा चालु आर्थिक वर्षका लागि ल्याएको बजेट रकमान्तरणका लागि टेबल गरेको हो। आर्थिक मामिला मन्त्री सीता सुन्दासले संशोधनका लागि बनेको संशोधन प्रस्ताव प्रदेश सभामा टेबल गरेकी हुन्। उक्त संशोधन ऐनमा चैत्रपछि मात्र रकमान्तरण गर्न पाउने व्यस्था सहित टेबल…

गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले आज (बुधबार) शपथ लिएका छन्। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन्। आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो।  

मुख्यमन्त्री अधिकारीको निर्देशन, अनावश्यक खर्च घटाउनुस्

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक खर्च घटाउन मन्त्री र सचिवहरुलाई सुझाव तथा निर्देशन दिएका छन्। मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले यस्तो निर्देशन गरेका हुन्। आज (बिहीबार) बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले अन्य विविध निर्देशन दिएका छन्। मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम…

संघीयता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गरेका छन्। अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिएका छन्। योजनाको बर्गिकरण गरी…

गण्डकी प्रदेश: माओवादीको प्रमुख सचेतकमा सुशीला

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडालाई चुनेको छ। पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले सिम्खडालाई प्रमुख सचेतक बनाएको हो। गोरखाकी सिम्खडा समानुपातिक सांसद हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन्। संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधारमन्त्री बनेका छन्। म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन्।…

गण्डकी प्रदेश सरकारः मन्त्री र कार्यविभाजनको टुंगो

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्। एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाएका छन्। एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा लगाएका छन्। त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएका छन्।…

गण्डकीमा मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन्। शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन्। उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रदेश प्रमुख…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले एमाले, माओवादी, राप्रपा र दीपक मनाङेसहित ३३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी गरेका थिए। स्वतन्त्र निर्वाचित मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपनि सरकार बनाउन एमालेलाई समर्थन गरेका हुन्।…