साहित्य–कला »

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार प्रदान गरिएको छ। बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४ औं स्मृति सभामा हिमाली सांस्कृतिक परिवारलाई पुरस्कार प्रदान गरिएको हो। जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालको आयोजनामा सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहको आयोजना गरेको हो। साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज…

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखेका छन्। प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठीमा बोल्दै रेग्मीले भने, ‘वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न। वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले…

‘कसरि पढ्ने र सिक्ने?’ पुस्तकको पोखरामा विमोचन

सामाजिक अभियन्ता कृष्ण क्षत्री ‘उदय ‘ ले एउटा पुस्तक बजारमा ल्याएका छन्। पुस्तकको नाम हो, ‘कसरी पढ्ने र सिक्ने?’ क्षत्रीले, ‘एउटा बिद्यार्थी सफल हुन क–कसको भूमिका कस्तो हुन्छ? बिद्यार्थी स्वयंले कसरी पढ्ने? र ती पढेका बिषयहरुबाट कसरी सिक्ने? उनीहरुको पढाई र सिकाईलाई सार्थक पार्न अभिभावक र शिक्षक अनि समाजको कस्तो भूमिका हुनुपर्छ?’ भन्नेबारे विविध उपायहरु…

पोखरामा ११ औं संस्करणको लिटरेचर फेस्टिभल सुरु

पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे। उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका…

आख्यानकार आरसीको ‘सती’ कथा संग्रहको विमोचन

कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ। कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन्। कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे। समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाई छ। कृतिको…

‘१० बुँदे प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सकियो अन्तरक्रिया

१० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै पोखरामा आयोजना भएको नेपालका प्रज्ञा–प्रतिष्ठानबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका सदस्यहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया…

पोखरामा ‘दुई नाटक’ मञ्चन सुरु

कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ। नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो। पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने ‘बुकिङ शो’ मार्फत मञ्चन हुने…

पोखरामा नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुँदै

पोखरामा नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते (शनिबार) मञ्चन हुने भएको छ। यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो। नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा…

तनहुँमा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता

२१० औं भानुु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुुँको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता भएको छ। प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी थिए। प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राहरु रोशा रसाइली र अनिषा घर्ती दोस्रो र गोगन माध्यमिक विद्यालय कास्कीकी…

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसः सात श्रष्टाको सम्मान

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई आज (शुक्रबार) एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो। सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर…