साहित्य–कला »

वैसाख–१६ मा राष्ट्रिय लेखक दिवस मनाउने तयारी

नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी थालिएको छ। नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले संपूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णयसँगै तयारी थालिएको हो। अबका दिनमा हरेक वर्ष बैशाख–१६ लाई लेखक दिवसका रूपमा मनाउन संपूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ। नेपाली लेखक संघले उही वैशाख–१६ देखि हरेक वर्ष राष्ट्रिय लेखक…

अघौँ अर्चलेमा लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म…

गण्डकी साहित्य संगममका अध्यक्षमा भीम रानाभाट

साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्। संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्। संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्। त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्। ११ सदस्यीय कार्यसमितिमा…

१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु

पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर…

स्वतन्त्र स्तम्भकार पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन

स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो। जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित…

पोखरामा मनाइयो मोतीराम भट्टको १५७ औं जन्मजयन्ती

पोखरामा शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाइएको छ। जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा यस वर्ष पनि विविध कार्यक्रमका साथ संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको हो। समारोहमा अग्रज पत्रकार उदयबहादुर अमात्य, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, साहित्यकार डा. जगन्नाथ रेग्मी, समाजसेवी संगीत गौतम…

संगम र प्रगतिशील लेखक संघले सम्झ्यो साहित्यकार खनाललाई

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी स्व. कुलप्रसाद खनालको सम्झना गरिएको छ। संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन्। गत साउन ४ गते खनालको निधन भएको थियो। पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए।…

एउटै कृतिभित्र पोखराबारे लेखिएका कविताहरु

पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुन: पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई…

जरोटुप्पोमा डा. इन्दुलको आत्मालोचना

जरोेटुप्पो संरक्षण साहित्य समाज नेपालमा डा. इन्द्रुल केसी आत्मालोचनासहित प्रस्तुत भए। आइतबार पोखरामा सम्पन्न आफ्नो आँखामा आफैँ डा. इन्दुल केसीको आत्मालोचना शीर्षक दिइएको कार्यक्रममा केसीले जीवनका विभिन्न उतार–रचढावका अनुभूति प्रस्तुत गरे। कुनै समय पोखराको स्थानीय विकास अधिकारीको भूमिकामा रहेको स्मरण गर्दै केसीले आफ्नो सम्पत्ति विवरण शीर्षकको कविता सुनाएर आत्मालोचना शुरु गरेका थिए। कवितामा राजनीतिक नेतृत्वलाई…

साहित्यकार खनालको निधनप्रति गण्डकी साहित्य संगमले दु:ख व्यक्त गर्‍यो

साहित्यकार एवं गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष कुलप्रसाद खनालको निधनप्रति संगमले दु:ख व्यक्त गरेको छ। संगमले आज (बिहीबार) शोक विज्ञप्ति जारी गर्दै संगमका संस्थापक अध्यक्ष एवं प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय सदस्य खनालको बुधबार भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको हो। संगमले स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन्प्रति समवेदना प्रकट गरेको छ।…