
नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल जितविहिन बनेको छ। कतारको दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाल मंगलोलियासँग १–० ले पराजित भयो। खेलको ७८ औं मिनेटमा ओड्खु सोयोलले गरेको १ मात्र गोलले मंगोलियालाई जित दिलायो। समूह चरणका ३ वटै खेलमा पराजित नेपाल अंकविहीन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ। पहिलो जित…
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ। २८७ रनको लक्ष्य पाएको अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रन बनाए। नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।…
घरेलु नेपालले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा बनाएको हो। निर्धारित समयको खेल १–१ को बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यसअघि, एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। खेलको…
डिफेन्डिङ च्याम्पियन बंगलादेशले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको हो। प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलको पहिलो हाफमा बंगलादेशले ५–१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थप्यो। बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना…
एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। कतारको दोहामा गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो। कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन। समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल…
नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा महारथी टोली जापानसँग लज्जाजनक हार व्यहोरेको छ। सुरुमै बनाएको अग्रता जोगाउन नसक्दा जापानसँग ९–२ ले पराजित भएको छ । बुधबार राति कतारको दोहामा भएको समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएको थियो। बलियो टोलीविरुद्ध सबिनकुमार मगरले १२ औं मिनेटमा अप्रत्यासित रुपमा गोल गरे। अर्काे गोल विपिन खड्काले ८८…
नेपाल समूह ’बी’ को विजेता बन्दै महिला साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो। नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता रानामगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १÷१ गोल गरे। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। भुटान समूह…
भुटान साफ महिला च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ को लिग चरणको अन्तम खेलमा माल्दिभ्समाथि १३ गोलवर्षा गराउँदै बलियो भुटानले सेमिफाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह ’बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो। भुटानकी देकी ल्हजोमले ५ गोल गरिन्। यस्तै, पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २/२…
साविक विजेता बंगलादेशले महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। साविक उपविजेता भारतलाई पछि पार्दै बंगलादेख समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो। यो जितसँगै बंगलादेश २ खेलबाट ४ अंकका साथ समूह विजेतासमेत बन्यो। भारत २ खेलबाट ३…
कास्कीको रुपा गाउँपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन्। धावक गोदारले करिब साढे २ दिनमा उक्त दूरी पार गरेका हुन्। काठमाडौँको दशरथ रंगशालाबाट सोमबार देखि सुरु भएको गोदारको दौड पोखरा रंगशालासम्म आज (बुधबार) दिउँसो करिब २ः०० बजे पूरा गरेका हुन्। गोदार नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट…