देश–समाज »

यो वर्ष, १३१ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु घट्यो

प्रेस स्वतन्त्रता हननका घटनाहरुमा बढोत्तरी आएको छ। यो वर्ष, देशभर १ सय ३१ वटा प्रेस स्वतन्त्रताका घटनाहरु घटेका छन्। यो, नेपाल पत्रकार महासंघ केन्द्रको संचार अनुगमन ईकाईले तयार पारेको रिपोर्ट हो। अनुगमन ईकाई समितिले मे ४, २०२५ देखि ३० अप्रिल, २०२६ सम्म प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरुका आधारमा तयार पारेको विवरण हो। यो विश्व प्रेस स्वतन्त्रता…

पत्रकार महासंघ कास्कीले बुझायो स्थानीय तहलाई ज्ञापन-पत्र

नेपाल पत्रकार महासंघ, कास्कीले सरकारले निजी क्षेत्रका संचारमाध्यमलाई लक्षित गर्दै ल्याएको विज्ञापन नीतिप्रति संघीय सरकार तथा जिल्लाका विभिन्न स्थानीय तहलाई ज्ञापन-पत्र बुझाएको छ। महासंघ, कास्की शाखाले आज (मंगलबार) गंभीर ध्यानाकर्षण भएको जनाउँदैं कास्कीका स्थानीय तह पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादि गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकालाई ज्ञापन-पत्र बुझाएको हो। महासंघ कास्की शाखा अध्यक्ष माधवप्रसाद बरालको…

राष्ट्रिय फोटो पत्रकारिता दिवस: पोखरामा फोटो प्रदर्शनी

पोखरामा फोटोहरुलाई प्रदर्शनीमा राखिएको छ। फोटो पत्रकारिता दिवस-२०८३ को सन्दर्भमा फोटो पत्रकार संघ, कास्कीले आइतबार फोटोहरुलाई प्रदर्शनीमा राखेको हो। नदिपुरस्थित कोर्टयार्डको प्राङ्गणमा फोटो प्रदर्शनी राखिएको हो। कास्कीका फोटो पत्रकारहरुले कैद गरेका १०० फोटोहरु प्रदर्शनीमा राखिएको छ। तीन दशकअघि नेपालमा २०६२ देखि ०७२ र ०८२ मा खिचिएका फोटोहरुलाई प्रदर्शनीमा राखिएको हो। २०६२/०६३ को जनआन्दोल, २०७२ को…

पत्रकार महासंघ कास्कीले बुझायो सरकारलाई ज्ञापन-पत्र

नेपाल सरकारले सरकारी विज्ञापन सरकारी संचारमाध्यमलाई मात्र दिनेगरी गरेको विभेदकारी निर्णय र परिपत्रविरुद्ध नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रधानमन्त्री तथा नेपाल सरकारलाई ज्ञापन-पत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित देशव्यापी दबाबमूलक कार्यक्रमअन्तर्गत महासंघ कास्की शाखाले कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको हो। गम्भीर विषयमा सरोकारवाला पक्षसँग परापर्श नै नगरी लिइएको सरकारको आपत्तिजनक…

भ्रामक सूचना सम्प्रेषण नगर्न संचार मन्त्रालयको आग्रह

संचार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयद्वारा आज (बुधबार) जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत…

पत्रकार महासंघले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रमहरु

नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले सरकारी विज्ञापन सम्बन्धमा सरकारले जारी गरेको परिपत्रविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तीन तहकै सरकारी विज्ञापन सरकारी संचार माध्यमहरुलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको विभेदकारी निर्णय र जारी…

पत्रकार महासंघ गण्डकीको प्रदेश सरकारलाई ज्ञापन-पत्र

पत्रकार महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेश सरकारलाई ज्ञापन-पत्र बुझाएको छ। मिति २०८२ चैत १८ गते नेपाल सरकारद्वारा पठाएको परिपत्रअनुसार सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र दिने गरेको निर्णयको विरोधमा महासंघ गण्डकीले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन-पत्र बुझाएको हो। साथै, गण्डकी प्रदेश सरकारले विगतदेखिनै समानुपातिक रुपमा वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनसमेत रोकिएकाले सोको विरोध गर्दै…

पत्रकार महासंघको १७ बुँदे हेटौडा घोषणा-पत्र जारी

नेपाल पत्रकार महासंघको १७ बुँदे घोषणा-पत्र जारी गर्दै हेटौडामा पूर्ण बैठक सकेको छ। बैठकले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जबाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाउँदै हेटौडा घोषणा-पत्र जारी गरेको हो। सरकारको प्रेसमाथि अंकुश लगाउने निर्णयविरुद्ध आन्दोलनमा उत्रिने महासंघको पूर्ण बैठकले निर्णय गरेको हो। नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस…

पत्रकारहरुको माग, ‘तत्काल निर्णय फिर्ता लेउ सरकार’

सरकारी संचारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा सो बारे बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’ का सहभागीहरुले यस्तो माग गरेका हुन्। गत चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा…

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

१० बुँदै घोषणापत्र जारी गर्दै ‘बागलुङ मिडिया मेला’ सकिएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २५ औं स्थापना दिवस (रजत वर्ष) का अवसरमा महासंघ बागलुङ शाखाद्वारा ‘बागलुङ मिडिया मेला’ को आयोजना गरिएको हो। यही चैत २० र २१ गते दुई दिनसम्म बागलुङ बजारमा संचालन भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे छलफल…