देश–समाज »

‘भ्यूजको लोभमा आचारसंहिता उल्लंघन बढ्दैछ’

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताविपरितका गतिविधि तथा सामग्री सम्प्रेषण बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत काउन्सिलले संचारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको परिधिभित्र रहेर जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न आग्रहसमेत गरेको छ। काउन्सिलका अनुसार पछिल्लो समय केही संचारमाध्यम, संचारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचरण र मर्यादाविपरीत गतिविधि बढ्दै…

मिडिया सोसाइटीको ८ बुँदे बुटवल घोषणापत्र जारी

नेपाल मिडिया सोसाइटीले ८ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा आयोजित आफ्नो चौथो सम्मेलन सम्पन्न गरेको छ। मिडिया सोसाइटीले प्रकाशन तथा प्रसारण संघ लुम्बिनीसँगको संयुक्त आयोजनामा शनिबारदेखि बुटवलमा सम्मेलन सुरु गरेको थियो। चौथो राष्ट्रिय मिडिया सम्मेलनबाट सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गरेको छ। उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी र वैज्ञानिक विज्ञापन वितरण प्रणाली…

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु

बुटवलमा शनिवारदेखि चौथो राष्ट्रिय मिडिया सम्मेलन-२०८३ सुरु भएको छ। प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घाटन गरे। नगरप्रमुख पाण्डेले कार्यक्रममा बोल्दै दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको बताए। उनले पछिल्लो मिडिया नीति सच्चाउन सरकारसमक्ष माग गरे। उनले भने, ‘सरकारले मिडियालाई समाप्त गदै…

पोखरामा संसदीय मामिला तथा अदालती रिपोर्टिङ तालिम

पोखरामा शनिबारदेखि संसदीय मामिला तथा अदालती रिपोर्टिङसम्बन्धी दुई दिने तालिम सुरु भएको छ। संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा सुरु तालिम आइतबारसम्म तालिममा संसदीय पत्रकारिताका चुनौती, विधेयक विश्लेषण र प्रदेश अभिलेखको उपयोगबारे छलफल चल्नेछ। तालिममा पत्रकारितालाई अझ तथ्यपरक र जवाफदेही बनाउने विषयमा जोड दिइने आयोजक मञ्चले बताएको छ। तालिमको दोस्रो दिन उच्च अदालत पोखराका मुख्य न्यायाधीश…

नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी कार्यशाला

प्रेस काउन्सिल नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कार्याशाला आयोजना गर्‍यो। प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमको संयुक्त आयोजनामा ‘नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि इथिकल फ्रेमवर्क’ विषयक कार्याशाला आयोजना गरेको हो। नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि मार्गनिर्देशन तय गर्ने उद्देश्यका साथ काउन्सिलले कार्याशाला आयोजना गरेको हो। सूचना प्रविधिको क्षेत्रमा विकास…

‘आचारसंहिता पालना गरे, संचारमाध्यमको विश्वसनीयता बढ्छ’

प्रेस काउन्सिल नेपालमा सोमबार पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरिएको छ। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरश: पालना भएमा संचारमाध्यमको विश्वसनीयता झनै बढ्ने उल्लेख गरे। खनालले पत्रकार तथा संचारमाध्यमले सूचना प्रविधिको विकाससँगै बढेको दुष्प्रचारलाई ख्याल गर्नुपर्नेमा जोड दिए। एआइलगायतका प्रविधिहरूलाई सहयोगी मात्र बनाउन उनले सुझाव दिए। कार्यक्रममा स्रोतव्यक्ति रहेका रत्नराज्य क्याम्पसका…

पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छः संचारमन्त्री

संघीय सूचना तथा संचारमन्त्री डा. बिक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको औंल्याएका छन्। बरु, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको उनले बताएका छन्। प्रतिनिधिसभा बैठकमा शनिबार सांसदहरुले उठाएको जिज्ञासामाथि जवाफ दिदैं उनले भने, ‘प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यहाँभित्र पनि जवाफदेहिता छ। प्रेसपनि जिम्मेवार हुनैपर्छ।’ संविधानले दिएको अधिकार भएकाले सरकारले…

आइएफजेको १०० औं वार्षिकोत्सवमा नेपालको पनि सहभागिता

फ्रान्सको पेरिसमा तीन सय भन्दा बढि पत्रकारहरु भेला भएका छन्। आइएफजे अर्थात् इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (अन्तराष्ट्रिय पत्रकार महासंघ) मा उल्लेखित संख्यामा पत्रकारहरु भेला भएका हुन्। मे ४, २०२६ देखि मे ७ तारिकसम्म चलेको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सयौं वार्षिकोत्सवको सम्मेलनमा नेपालसमेतले उपस्थिति जनाएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा सहभागी प्रतिनिधि…

‘पत्रकारहरु भनेको समाजका आँखाहरु हुन्’

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारहरुका आँखाहरु अन्धो हुन नहुने कुरामा जोड दिएका छन्। पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख भट्टले भने, ‘पत्रकारहरु भनेको समाजका आँखाहरु हुन्।पत्रकारहरुका कलमहरु कहिलेकाँही दुरुपयोगसम्म हुने गरेका छन्। निष्कलङ्क व्यक्तिहरुको चरित्रहत्यासम्म हुने गर्दछ। यसर्थ, पत्रकारहरुका आँखाहरु कहिल्यै अन्धो बन्नुहुँदैन।’ भट्टले मुलुक परिवर्तनमा संचार जगतको भूमिका…

नेपालमा पनि मनाइयो प्रेस स्वतन्त्रता दिवस

नेपालमा पनि विभिन्न कार्यक्रम को आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ। नेपाल पत्रकार महासंघले दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलाबाट ऐक्यबद्धता र्‍यालीको निकाल्यो। नयाँ बानेश्वरमा र्‍याली पुगेर कोणसभामा परिणत भएको थियो। पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कोणसभामा बोल्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखिन्। शर्माले लेखेको र बोलेकै कारण मिडियामाथि…