
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ। पत्रकार महासंघ कास्कीको आयोजनामा सुरु तालिम जेठ २७ गतेसम्म संचालन हुनेछ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तालिमको उद्घाटन गरेका हुन्। मेयर आचार्यले उद्घाटनपछि बोल्दै पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनुपर्ने कुरामा जोड दिए। उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा…
गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मत् पारित गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मंगलबार प्रदेशसभा बैठकमा…
पोखरामा क्रियाशील पत्रकार बासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्डबाट सम्मानीत भएका छन् राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख पौडेललाई मिलेनियम ट्रेक व्यवस्थापन समितिले सो अवार्ड प्रदान गरेको हो। समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आज (शनिबार) नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहबीच पौडेललाई सो अवार्डबाट…
जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन उपाधि जितेका छन्। नेपालको प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित ‘अन्नपूर्ण म्याराथन–२०८३’ प्रतियोगितामा जुम्ली धावकहरूले सान्दार बर्चस्व देखाए। पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिलातर्फ जुम्लाकै मञ्जु रावतले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको उपाधि चुमे। पुरुषतर्फका उपाधि विजेता दलबहादुरले ४ घन्टा, ४ मिनेट ११ सेकेन्डमा निर्धारित ४२…
नेपाल साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ। च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो। अग्रतालाई जोगाउन नसक्दा नेपालको सेमीफाइनलबाटै च्याम्पियनसीप यात्रा रोकियो। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (बुधबार) भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो। खेलको २३ औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले…
गण्डकी प्रदेश सरकारको २०८३/०८४ को मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। नीति तथा कार्यक्रममा प्रदेश सरकारले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम घोषणा गरेको हो। गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम घोषणा गरेको छ। प्रस्तुत…
नेपाल साफ महिला च्याम्पियनसीप फुटबलमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (आइतबार) भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो। नेपालको जीतमा रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे। यो जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो। नेपालले समूह चरणको पहिलो…
काभा महिला भलिबल च्याम्पियनसीपमा घरेलु टोली नेपाल चौथो बनेको छ। च्याम्पियनसीपको तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग पराजित हुँदै घरेलु नेपालले चौथो स्थानमा चित्त बुझायो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज (शुक्रबार) भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो। भारतले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र चौथो सेट २५-२२…
घरेलु नेपाली टोली काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमै रोकिएको छ। च्याम्पियनसीपको सेमिफाइनलमा घरेलु नेपाल इरानसँग सोझो सेटमा पराजित बन्यो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आज (विहीबार) भएको खेलमा घरेलु नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो। अब, इरानले उपाधिका लागि फाइनलमा…
भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुआत गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (सोमबार) भएको उद्घाटन खेलमा नेपालले भूटानलाई १-० गोलले हरायो। नेपालकी गीता रानाले खेलको २३ औँ मिनेटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्ने क्रममा आत्मघाती गोल भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। अब, नेपालले समूह चरणको अन्तिम…