
पोखराका कृयाशील पत्रकारहरु धन बस्नेत र सागरराज तिमिल्सिना टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। पत्रकार महासंघ कास्कीले पत्रकार बस्नेत र तिमिल्सिनालाई बुधबार पोखरामा एक कार्यक्रमबीच सो पुरस्कारबाट सम्मान गरेको हो। पत्रकार महासंघ कास्कीद्वारा संचालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानीत भएका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी,…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीपमा महिलातर्फको फाइनल समिकरण पूरा भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको बुधबारको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा जीत हासिल गरेसँगै नेपाल पुलिसले न्यु डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो। पुलिसले पहिलो सेट २५–१६, दोस्रो…
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसँग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजायँ दिन नभई प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैं सक्रिय रहेको उल्लेख गरे। पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहनसमेत उनले आग्रह गरे। उनले…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्यो। गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो। पर्वत…
राष्ट्रिय युवा नीति–२०८२ र आगामी युथ भिजनका लागि पोखरामा सोमबार प्रादेशिक कार्यशाला सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलको सहयोग र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्पन्न कार्यशालाका सहभागीहरुले युवा सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। त्यसैगरी, युवामैत्री शासन अभिवृद्धिका लागि नेपालका अन्य प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमासमेत प्रदेश युवा परिषद् बनाउन युवा सरोकारवालाहरुले…
न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२०…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत सोमबारको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले विभागीय आर्मीमाथि ३–१ को रोमाञ्चक जीत निकालेको हो। निकै प्रतिस्पर्धात्मक पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा विभागीय…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फको विभागीय डर्बीमा एपीएफको दोस्रो जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत आफ्नो तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा पराजित गर्यो। त्रिभुवन आर्मी क्लबको यो लगातार तेस्रो हार हो। तेस्रो हारसँगै आर्मी फाइनल दौडबाट बाहिरिएको छ। आर्मी पहिलो…
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। आज (सोमबार) भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए। स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पर्वत जिल्ला भलिबल संघ र विभागीय नेपाल पुलिस क्लबले जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत पुरुषतर्फ आइतबार भएको पहिलो खेलमा पर्वतले विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) माथि जीत निकालेको हो। त्यस्तै, आइतबार नै भएको पुरुषतर्फकै अर्को विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन…