समाचार »

स्याङ्जाका मिनप्रसाद कोइराला राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानीत हुँदै

कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइराला विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुँदैछन्। काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जीनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन्। कोइरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा ११ र १२ का विद्यार्थीले पढ्ने भवन, वातावरणमैत्री शौचालयको भवन,…

५९ जना पत्रकारले पाउँदैछन् प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

५९ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाउँदैछन्। काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न लागेको हो। आगामी शनिबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नेछन्। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार…

संचार विधेयकप्रति पत्रकार आन्दोलित बन्नुपर्दैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस भएको संचार विधेयकमा सरोकारवालासँग आवश्यक छलफल गरेर संशोधनसहित विधेयकको मस्यौदा तयार गरिएको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन म्याग्दीले आज (बिहीबार) बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संचार विधेयकलाई लिएर पत्रकार आन्दोलित बन्नुपर्ने अवस्था नआउने दाबीसमेत गरे। मुख्यमन्त्री पाण्डेले बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले…

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत्

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमै यथावत् छ। यसअघि, पनि नेपाल १७५ औँ स्थानमै थियो। वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ। १५५औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ। दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ। उता, बंगलादेश १८९ औँ स्थानमा छ। पाकिस्तान १९७ औँ स्थानमा…

एसियन गेम्स: पुरुष भलिबलमा नेपालमाथि इरानको जित

१९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ। लगातार दोस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा जितबिहीन रुपमा बाहिरिएको छ। नेपाल आफ्नो पहिलो खेलमा मंगलबार बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो। चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो। नेपाल २५–९, २५–१५ र…

एसियन गेम्स: नेपाल पुरुष भलिबलको पहिलो खेलमा बहराइनसँग पराजित

एसियन गेम्सअन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ। पहिलो सेट जितेपनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार व्यहोरेको हो। पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो। नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ। इरानसँगको खेलपनि हारेमा नेपाल प्रतियोगिताबाट…

गण्डकीलाई लामाचौर कप भलिबलको उपाधि

घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ। मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्‍यो। गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए। लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल…

लामाचौर कप भलिबल : महिलातर्फ पुलिसलाई उपाधि

पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ। सामुदायिक विकास समाजको आयोजनामा सोमबार सम्पन्न फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। प्रतियोगितामा नेपाल पुलिसको महिला टिमका लागि यो लगातार दोश्रो उपाधि समेत् हो। पुलिसले उपाधिसँगै नगद १ लाख ५१ हजार १…

लामाचौर कप भलिबल: पुरुषतर्फ पुलिस र महिलातर्फ डायमण्ड शीर्षस्थानमा

पोखराको लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुषतर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको संपूर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भव नहुँदा फाइनल तथा लिगका अन्य खेल भोली (सोमबार) हुनेछ। महिलातर्फ लिग चरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम…

सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल

सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी २ वर्षका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजीप्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु रानामगर सह–कोषाध्यक्षमा अशोक लालचल छन्। त्यसैगरी, क्लबको सदस्यहरुमा ज्योति केसी, चन्द्रावती गुरुङ,…