समाचार »

पत्रकारहरुको माग, ‘तत्काल निर्णय फिर्ता लेउ सरकार’

सरकारी संचारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा सो बारे बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’ का सहभागीहरुले यस्तो माग गरेका हुन्। गत चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा…

१४ औं संस्करणको ‘राष्ट्रिय आलु महोत्सव’ को तयारी अन्तिम चरणमा

१४ औं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक विष्णुपादुका क्लवले सोमबार पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने जनाएको हो। जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोवार हुने जनाएको छ। मूल आयोजक समितिका संयोजकसमेत रहेका क्लव अध्यक्ष…

पोखराको हेमजामा श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञान-विज्ञान महायज्ञ गर्दै मानवसेवा आश्रम

पोखराको हेमजामा श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञानविज्ञान महायज्ञ गरिदैंछ। पोखरा–२५ हेम्जा, बाबियातहरास्थित मानवसेवा आश्रमले आगामी १९ देखि २६ वैशाखसम्म श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञान-विज्ञान महायज्ञ आयोजना गर्ने भएको हो। सोमबार आश्रमले पत्रकार सम्मेलन गरी उक्त महायज्ञबारे जानकारी दिएको हो। महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेमजा शाखाको भवन निर्माण पूरा गर्ने, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण…

पोखरा स्पोर्ट्स अवार्ड: पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

१० औं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड–२०८२’ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गर्‍यो। यसरी, मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटीएफ…

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

१० बुँदै घोषणापत्र जारी गर्दै ‘बागलुङ मिडिया मेला’ सकिएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २५ औं स्थापना दिवस (रजत वर्ष) का अवसरमा महासंघ बागलुङ शाखाद्वारा ‘बागलुङ मिडिया मेला’ को आयोजना गरिएको हो। यही चैत २० र २१ गते दुई दिनसम्म बागलुङ बजारमा संचालन भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे छलफल…

पोखरा रात्रिकालीन सडक दौड को तयारी अन्तिम चरणमा

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको ‘पोखरा नाइट स्ट्रिट रेस–२०८३’ (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम…

कृष्णप्रसाद बास्तोला पुन: स्वतन्त्र पत्रकार संघको अध्यक्ष

कृष्णप्रसाद बास्तोला पुन: स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा चुनिएका छन्। संघको पाँचौँ अधिवेशन तथा १४ औँ वार्षिक साधारणसभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुन: बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्‍यो। नयाँ समितिको उपाध्यक्षमा निर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चुनिका छन्।…

बागलुङमा मिडिया मेला सुरु

बागलुङमा आज (शुक्रबार) देखि मिडिया मेला सुरु भएको छ। पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो २५ औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा मिडिया मेलाको आयोजना गरेको हो। बागलुङलाई मिडियाको माध्यमबाट उजागर गरी निजी क्षेत्रको लगानी भित्राउन मिडिया मेलाको आयोजना गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मिडिया मेलाको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले कार्यक्रममा बोल्दै…

सरकारी सूचनाबारे सरकारको कदम विभेदकारी: पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई ३ दिने अल्टिमेटम दिएको छ। काठमाडौंमा शुक्रबार सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासंग महासंघले छलफल गर्‍यो। उक्त निर्णय सच्चाउन सरकारलाई ३ दिने अल्टिमेटम दिने निर्णय गरेको गरेको हो। छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी…

पोखरा स्पोर्ट्स् अवार्डको ‘पिपल्स च्वाइस’ मा गुरुङ गहना घरको स्कुटर प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्ट्स् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ। उक्त कम्पनीले पोखरा स्पोर्ट्स् अवार्डको महत्वपूर्ण विधा ‘पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टीभीएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो। सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबी आस्था र गुरुङ…