समाचार »

‘टाइम्स टप १०० फोटोज’ मा नेपालको पनि २ उत्कृष्ट फोटो

टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट १०० तस्वीरमा नेपालका २ तस्वीर पनि परेका छन्। सगरमाथामा आरोहीहरुको भीड र नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको नेपालका २ तस्वीर टाइम म्यागेजिनको उत्कृष्ट सूचीमा परेको छ। ‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित १०० वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खिचेका सगरमाथामा आरोहीहरुको…

आजदेखि १०० रुपैयाँका नयाँ नोट चलनचल्तीमा आउँदैछ

नेपाल राष्ट्र बैंकले आज (मंसीर ११, विहीबार) देखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ। नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ । संकेत नं. क/२० ०००००१ देखि नं घ/४० ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाए को छ। नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र छ। नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप छ।…

त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल इन्डोनेसियासँग स्तब्ध

त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलले स्तब्ध बन्यो। सुरुवाती अग्रता लिएको नेपालले हारमा खेललाई टुंग्यायो। नेपालले २० औँ मिनेटमा इन्डोनेसियाको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो। अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले फितलो हेडर…

४८ वटा संचार संस्थाहरु कारबाहीमा

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ संचार संस्था तथा सामाजिक सञ्जालहरु प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्। \प्रेस काउन्सिल नेपालले काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन एवं सचेत गराइएको सह–प्रवक्ता रामशरण बोहराले जानकारी दिए। काउन्सिलले मिडियाकै झल्को दिने तर…

एएफसी यु–१७ एसियन कपमा नेपालको लगातार तेस्रो हार

आगामी वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपमा नेपाली यु–१७ पुरुष फुटबल टोलीको खेल्ने सपना समाप्त भएको छ। छनोट प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेपछि नेपाल एसियन कपमा पुग्न असफल भएको हो। म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले ओमानसँग ५–० को फराकिलो हार व्यहोर्‍यो। खेलको पहिलो हाफमै ओमानले ३ गोल गर्दै नेपालमाथि…

पोखरामा छैटौं संस्करणको य:मरी खाना महोत्सव हुँदैं

पोखरामा यही मंसीरको १३ गते छैटौँ संस्करणको य:मरी महोत्सव हुँदैछ। पोखरा महानगरपालिका वडा नं. ४ को आयोजना र नेवा मिसा पुच: कास्कीको आह्वान र पोखरा–४ मा स्थित मिसा पुच:हरुको सहकार्यमा महोत्सव हुन लागेको हो। आयोजक पोखरा महानगरपालिका वडा नं. ४ ले बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कला संस्कृतिको…

३४ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला मंसीर १७ गतेदेखि

३४ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला यही मंसीर १७ देखि २१ गतेसम्म हुँदैछ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३४ औँ राष्ट्रिय संस्करणको औद्योगिक व्यापार मेलासँगै १३ औँ संस्करणको क्यान इन्फोटेक पनि संचालन हुने मंगलबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। ‘लगानीको सम्बर्द्धन: उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ…

एएफसी यु–१७ एसियन कप छनोट: नेपालको लगातार दोस्रो हार

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। नेपालले दोस्रो खेलमा घरेलु टोली म्यानमारसँग पनि नेपालले पराजय ब्यहोरेको हो। शनिबारको पहिलो खेलमा सिरियासँग ४–२ ले पराजित नेपाल सोमबार घरेलु टोली म्यानमारविरुद्ध ४–० ले निराश हुनुपर्‍यो। म्यानमारको याङ्गुस्थित थुवुन्ना रंगशालामा नेपालले पहिलो हाफमा १ गोल खाएको थियो। दोस्रो हाफमा म्यानमारले ३ गोल…

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा श्रेष्ठ

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र श्रेष्ठ चुनिएका छन्। शाखाको आइतबार टोकियोको मुसासिनो प्यालेसमा सम्पन्न छैटौँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चुनेको हो। अधिवेशनले आगामी कार्यकाल सन (२०२५ देखि ०२८) का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिसमेत गठन गरेको छ। जसको २ उपाध्यक्षहरुमा मनिषा चम्लागाई र लक्ष्मी पौडेल निर्वाचित भएका छन्। सचिवमा अर्जुन लामिछाने छन्। २ जना…

२५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २७ देखि

आगामी माघ २७ देखि फागुन ९ गतेसम्म २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको मिति तय भएको हो। आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनाएको हो।…