समाचार »

गण्डकी प्रदेश नीति तथा योजना आयोगको अवधारणापत्र सार्वजनिक

गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले आयोजना अबधारणा पत्र सार्वजनिक गरेको छ। सो कार्यक्रममाा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भनसुन र पहुँचका आधारमा बजेट बन्ने आरोप लगाए। उनले अझैपनि स्थानीय तह, प्रदेश र संघीय सरकारका आयोजनाहरुमध्ये ५० प्रतिशत जसो पहुँचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गरे। प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट…

पोखरा महानगरपालिकाकोे बजेट तथा कार्यक्रम पारित

पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ। १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी थिइन्। बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड…

पोखराका २८० सुन्तला कृषकलाई २५ लाख रुपैयाँ बराबरको अनुदान

पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ। नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरेका हुन्। पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटनलगायत स्थानका २ सय ८० किसानलाई अनुदान प्रदान गरिएको हो। महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम १…

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ। महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय रुपैयाँ बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो। उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन्। प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख…

संचार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण

नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संचार तथा सूचना, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न आवश्यक रहेको औंल्याएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले संचार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदरसमेत गरेका छन्। उनले सूचना प्रविधिसम्बद्ध…

गण्डकी प्रदेशमा छलफलः विपद्को उच्च जोखिममा प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन्। सरोकारावालाहरुबीच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न उनले आग्रह गरे। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत…

कोपा अमेरिका २०२४ः कोलम्बियाली कप्तान रोड्रिग्वेजले जित ‘गोल्डेन बल’

कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेजले सम्पन्न कोपा अमेरिकामा ‘गोल्डेन बल’ जितेका छन्। सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट खेलाडी बन्दै रोड्रिग्वेजले ‘गोल्डेन बल’ जित्न सफल रहे। रोड्रिग्वेजले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भए। यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र १ गोल गरे। त्यस्तै, ४ खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित…

कोपा अमेरिका २०२४ः अर्जेन्टिनाकै लाउटारो मार्टिनेजलाई ‘गोल्डेन बुट’

अर्जेन्टिनाका लाउटारो मार्टिनेले सम्पन्न कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्। २६ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे। अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए। समूहचरणमा क्यानडा र चिलीविरुद्ध १÷१ गोल गरे। समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले २ गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए। क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध…

कोपा अमेरिका २०२४ः इमिलियानो मार्टिनेजलाई ‘गोल्डेन ग्लोभ्स’

सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्। अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन उनले ५ खेलमा ‘क्लिन सिट’ राखेका थिए। समूह चरणमा अर्जेन्टिनाले क्यानडा तथा पेरुलाई २–० र चिलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।…

नयाँ मन्त्री मण्डलको संचारमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि…