अर्थ–बजार »

२९ भदौदेखि सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ खुल्दै

सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो। योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन…

१२ अंकले राताम्मे बन्यो नेप्से परिसूचक

शेयर बजार (नेप्से) बुधबार पनि ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर १ हजार ९३९ दशमलव ८८ बिन्दुमा झरेको छ। नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ। बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ। २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर…

१००० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा तोलामै १ हजार रुपैयाँले सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ९३…

ढुक्क हुनुहोस, पोखरामा अब ‘ढुक्क’ एपमार्फत् होम सर्भिस र डेलिभरी सेवा पाइन्छ

पोखरामा होम सर्भिस र डेलिभरीको एप नेटवर्क संचालनमा आएको छ। एचटी मल्टिप्रपोज प्रालिले संचालनमा ल्याएको ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिन्छ। कम्पनीले पत्रकार सम्मेलन गरेर पोखरा लगायत काठमाण्डौं र चितवनमा ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिने जनाएको छ। एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवाको साथै स्मार्ट…

पोखराका पत्रकार श्रेष्ठलाई घरभाडा सरोकार समितिको सम्मान

पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन्। समितिको आज (शनिबार) पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै श्रेष्ठलाई नगद १० हजार १ सय रुपैयाँको पुरस्कारसहित दोसल्ला र प्रशंसापत्रबाट सम्मान गरिएको हो। नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल,…

पोखरा महानगरपालिकाको कर्मचारी कटौती गर्ने योजना

पोखरा महानगरपालिकाले कर्मचारी संख्या कटौती गर्ने योजना ल्याएको छ। सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना संचालन गरिने भएको छ। महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउनेछन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा…

१०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको भाउ तोलामा आज (शुक्रबार) एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ। लघुवित्तले बुधबारदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई…

२२ अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक आज (बुधबार) को कारोबारमा २२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से परिसूचक २१.९७ अंक घटेको हो। अघिल्लो दिन (मंगलबार) सामान्य उकालो लागेको बजार बुधबारको कारोबारमा भने १.१० प्रतिशतले ओरालो लाग्दा समग्र बजार परिसूचक १९७३.३८ मा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.३६ अंक घटेर ३८४.५९ मा झरेको छ।…

८ सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९४ हजार र तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन (मंगलबार) भने छापावाल सुन ९४ हजार ८ सय, तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।…