काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको नाममा बनाउने, नापी गर्ने र दर्ता गराउने,…
पोखरा । अनुष्का श्रेष्ठले यस वर्षको मिस नेपाल वल्र्डको उपाधि जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । ‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वल्र्डमा सहभागिता जनाउन पाउनेछिन् ।…
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवद्र्धनमा जोड दिएका छन् । प्रधानन्यायाधीश राणाले ‘कानून दिवस, २०७६’ का अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आ–आनो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी…
पोखरा । सर्वोच्च अदालतले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने पत्र कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले गृह मन्त्रालयले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने पत्रको कार्यान्वयन नगर्न आदेश दिएको…
दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा गरिएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । साभ नेपालका अध्यक्ष तुलसी…
पोखरा । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले अव्यवहारिक कार्यक्रमहरू अघि सारेर सपना बाँड्न खोजेको आरोप लगाएका छन्। आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस पनि अहिले लिन खोजेको…