राष्ट्रिय »

राहत कोषमा नेपाल बैंकको २ करोड सहयोग

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ सहयोग गरेको छ। नेपाल बैंकले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै…

राहत कोषमा सीआइटीको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआइटी) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ। हालै, मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो। कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको…

बाढीका कारण धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय शोकका बारेमा जानकारी…

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज (शुक्रबार) साँझ ७ बजेदेखि भोलि (शनिबार) बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि…

मंसीरको १६ गते स्थानीय तहको उपनिर्वाचन

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचनको मिति तोकेको छ। आगामी मंसीरको १६ गते (आइतबार) का दिन उपनिर्वाचन हुने तय गरेको छ। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो। कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको…

एक वर्षमा २६ हजार ९ सय १८ उजुरी, १५ सय जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरी परेको छ। तीमध्ये सबैभन्दा बढी संंघीय मामिला (स्थानीय तहसमेत) सँग सम्बन्धित ८.९१ प्रतिशत रहेका अख्तियारले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६…

स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग गरेको छ। मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ। जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष…

अझै ४ दिनसम्म लूको संभावना

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको…

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिदैँ

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।…

सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि

मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री…