पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको…
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल…
काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…
विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको…
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।…
मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री…
श्रीइच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन्। गोदावरीस्थित सनराइज सम्मेलन हलमा आज (शनिबार) आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। श्रीइच्छाले २४ जना प्रतिस्पर्धीमध्ये बाँकीलाई पछि पारिन्। अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिरिदिइन्। १२ सहविधामा उपाधिहरु बाँडिएको थियो। २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’…
प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार…
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले…
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ। स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए। वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए। मंसीर ४…