राष्ट्रिय »

उपनिर्वाचन: तनहुँ –१ को मतगणनास्थलमा सीसीटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो। मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार २ वटा कोठामा मतगणना गरिनेछ। मतगणनास्थल निर्माणका…

उपनिर्वाचन: मध्यरातदेखि मौन अवधि सुरु

उपनिर्वाचनमा हिँजो (बिहीबार) मध्यरातदेखि मौनअवधि सुरु हुने भएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो। वैशाख १० गते (आइतबार) हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचार–प्रसार सकिएको छ। निर्वाचन कानुनअनुसार मतदान हुनुअघिको ४८ घण्टाको समयलाई मौन अवधि मानिने व्यवस्थाअनुसार बिहीबार दल तथा उम्मेदवारहरूले अन्तिम तथा निर्णायक प्रचार–प्रसार गरेर आफ्नो चुनावी अभियानलाई…

उपनिर्वाचन : तनहुँ–१ मा मतदान अधिकृतहरु तोकियो

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि १ सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो। नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज (वैशाख ५ र ६) गते…

उपनिर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार) बाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसारआजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो…

तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता

तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन…

वैसाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदै

वैसाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ३ क्षेत्र बारा–२ मा २६, चितवन–२ मा २४ र तनहुँ–१ मा ९ गरि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। बारा निर्वाचन क्षेत्र नं. २ मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय…

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्। गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि…

उपचुनावमा तनहुँ र बारामा २६ राजनीतिक दल दर्ता

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका…

सुरु भयो यस वर्षको एसईई परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख…

आजदेखि एसईई परीक्षा

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०…