नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको आज (शुक्रबार) उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्। सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रूत विकास आवश्यकता भएको उनको भनाई छ। ‘देशमा स्थायित्व,…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन्। यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन्। अर्थमन्त्री पौडेलले यसअघि…
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए। नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल…
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मंसीर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि २ वा २ भन्दा बढी…
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष प्रचण्डले सो दाबी पेस गरेको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ७ दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। यस्तै,…
नेकपा एमाले संगठन विभाग प्रमुुख खगराज अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका छन्। नेकपा एमाले प्रदेशसभा सदस्यहरूको आज (आइतबार) बसेकोे बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। अधिकारी, कास्कीको निर्वाचन क्षेत्र नं १ को गण्डकी प्रदेशसभा (१) बाट निर्वाचित सदस्य हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी…
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा चयन गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। त्यसअघि, पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो। दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्। उक्त पार्टीले राष्ट्रिय सभा…
शेरबहादुर देउवा ५ औं पटक नेपाली काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन्। बुधबार बिहान भएको काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन्। उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले पराजित गरेका हुन्। ८९ सदस्यीय काँग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५…
नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली ‘स्नेही’ छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पार्टीबाट नवनिर्वाचित सदस्यहरुलाई बधाई दिए। सांसदहरुलाई बधाई दिदैँ प्रचण्डले ०७४ भन्दा खुम्चिनु गंभीर विषय भएको बताए। उनले अघिल्लो चुनावमा ३८ सिट भएको पार्टी ३२ सिटमा खुम्चिनु गंभीर विषय भएको स्वीकार गरे। स्थानीय निर्वाचनमा अघिल्लोभन्दा राम्रो नतिजा आएको बताए। प्रदेशसभामा ०७४ को हाराहारीमा नै भएको बताए। प्रतिनिधिसभामा संख्या…