Author Archive »

एभरेस्ट महिला भलिबल लिग सुरु

एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (सोमबार) फ्रेन्चाइज महिला भलिबल लिग सुरु भएको हो। उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाण्डौ स्पाइकर्सलाई ३–१ को सेटमा हरायो। पहिलो सेट ललितपुरले २५–२० ले जित्दा दोस्रो सेट काठमाण्डौले २५–२१ ले जित्यो। त्यसपछि, ललितपुरले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१९ ले…

पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई मुख्यमन्त्री पाण्डेको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन्। पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन्। ‘चाडपर्वको समय छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले…

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेश

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ। संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्थाबमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन्। प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको…

साफ यु–१७ च्याम्पियनसीपमा भारत च्याम्पियन

भारतले लगातार दोस्रोपल्ट साफ यु–१७ च्याम्पियनसीपको उपाधि जितेको छ। चाम्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको हो। अघिल्लो संस्करमा भारतले नेपाललाई ४–० ले हराउँदै उपाधि जितेको थियो। यसपल्ट भने सेमिफाइनलमा नेपाललाई ४–२ ले पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको थियो। बंगलादेशले भने पेनाल्टी सुटआउटमा पाकिस्तानालाई ८–७ ले पाखा…

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले ओमानलाई हरायो

त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ। क्यानडाको किङ सिटीमा आज (सोमबार) बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर १ बलमा १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए। नेपालका करण केसीले ३ विकेट लिए। त्यसअघि, टस…

बाढीका कारण धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय शोकका बारेमा जानकारी…

गण्डकी प्रदेश सरकारको ५९ बुँदे साझा संकल्प सार्वजनिक

गण्डकी प्रदेश सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रदेश सरकारलाई जनभावनाअनुसार प्रभावकारी रुपमा संचालन गर्न ‘आत्मनिर्भर समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को अभियानलाई मूर्त रुप दिन संकल्पसहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको हो। प्रदेश सरकारको साझेदार नेपाली काँग्रेस र नेकपा एमाले गत असार १७ गते भएको ७ बुँदे सहमतिको मर्मअनुसार भदौको १७ गते…

नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ। बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा  तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो। गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला…

त्रिदेशीय टी–२० क्रिकेटमा नेपाल क्यानडासँग पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। १२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो। नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। यस्तै, कुशल मल्लले १२ रन जोडे। देव खनालले ११ रन बनाए। सन्दीप लामिछानेले १०…

दिलबहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्ष

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गुरुङसहित आगामी ३ वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल,…