Author Archive »

संस्कारमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परिक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन्। ‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो। यसलाई…

सन्दीपको अलराउन्डर वरीयतामा २२ स्थान सुधार

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ४१ औँ स्थानमा उक्लिएका हुन्। अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८ औँ, कुशल मल्ल ५१ औँ, सोमपाल कामी ५३ औँ, करण केसी ७६ औँ, गुलशन झा ९०…

साफ यु–१७ च्याम्पियनसीपमा नेपाल सेमिफाइनल पुग्यो

१७ वर्ष मुनिको साफ च्याम्पियनसीपमा घरेलु टोली भुटानलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। भुटानको राजधानी थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे। घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरे। यो नेपालको दोस्रो जित हो। समूह चरणको…

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाऊ

सर्वाेच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटहरूको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो। २०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारले २०८१ भदौ ७ गते…

‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ पूर्ण रूपले संचालनमा आउँछ

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा संचालन गर्ने बताएका छन्। निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज (बुधबार) अनुगमन निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापन गरी पूर्ण रूपमा संचालनमा ल्याउने गरी योजना बनाउने बताए। ‘मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण…

१९ असोजमा नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला

नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला बोलाएको छ। विवादमा अल्झिएर चुनाव अनिश्चित बनेपछि पत्रकारहरूको छाता संगठन पत्रकार महासंघको तोकिएको समयमा चुनाव हुन नसकेपछि राष्ट्रिय भेला बोलाइएको हो। पत्रकार महासंघको भविष्य नै संकटमा पर्ने देखिएपछि महासंघले राष्ट्रिय भेला बोलाएको हो। महासंघका महासचिव रोशन पुरीले असोज १९ गते राष्ट्रिय भेला बोलाइएको जानकारी दिएका छन्। उनले भेलाको स्थानबारे चाँडै…

पर्वतको महाशिलामा गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाखको अनुदान

पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो। बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो। पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा…

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि, विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो। प्रसाईंविरुद्ध ‘चरित्रहत्या…

पोखरा–२२ मा बालश्रममुक्त वडा बनाउने अभियान

पोखरा–२२ मा पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानबारे सरोकारवालासँग छलफल चलेको छ। पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले छलफल चलाएको हो। छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको छ। सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी…

एएफसी यु–२० मा नेपालमाथि उज्बेकिस्तानको गोलवर्षा

एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग लज्जाजनक रपमा पराजित भएको छ। न्यु ताइपेई सिटीमा आज (बुधबार) भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि ६–० को गोलवर्षा गरायो। खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो। सबिनले उज्बेकिस्तानका खेलाडीको प्रहार हातले रोकेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।…