Author Archive »

पोखरा ट्रेड मलको अध्यक्षमा दीपक मुल्मी चयन

पोखरा ट्रेड मलमा नयाँ संचालक समिति चयन भएको छ। नयाँ संचालक समितिको अध्यक्षमा दीपककुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सन्तोषकुमार घिमिरे, शिव शर्मा, रामकुमार श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल र हरिशचन्द्र तिवारी छन्। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ।…

फेसबुकमा १ लाखको फलोअर्स, १ हजार डलरसम्मको आम्दानी

फेसबुकले क्रियटर फास्ट ट्रयाक नामक नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य युट्युब र टिकटकजस्ता लोकप्रिय प्लेटफर्ममा स्थापित क्रिएटरहरूलाई आफ्नोतर्फ आकर्षित गर्नु रहेको बताइएको छ। कम्पनीकाअनुसार उक्त कार्यक्रममार्फत क्रिएटरहरूलाई निश्चित भुक्तानी प्रदान गरिनेछ। त्यस्तै, उनीहरूको कन्टेन्टको रिच बढाएर फेसबुकमै ग्रो गर्न सहयोग गरिनेछ। फेसबुकले जानकारी दिएअनुसार गत वर्ष मात्र आफ्नो मोनिटाइजेसन…

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवं सल्लाहकार चयन गरेको छ। समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकहरुमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ। बैठकले समाजको सल्लाहकारहरूमा दुर्गाबहादुर शाह (बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिएका…

कास्कीले जित्यो पीएम कप क्रिकेट प्रतियोगिताको उपाधि

कास्कीले प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरलाई ४८ रनले पराजित गरेको हो। यो जीतसँगै पीएम कप छनौट एक दिवशीय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा…

संहिता जर्नलका लेखकहरूसँग काउन्सिलको छलफल

प्रेस काउन्सिल नेपालको नियमित प्रकाशन संहिता त्रैमासिक जर्नलका लेखकहरुसँग आइतबार छलफल गरिएको छ। जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारिताको अवस्था, समाधानमा लेखक/पत्रकारको भूमिका र काउन्सिलको प्रकाशनलाई प्रभावकारी बनाउने सम्बन्धमा लेखकहरूले धारणा र सुझाव व्यक्त गरेका थिए। काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यक्रममा संहिता जर्नलका माध्यमबाट नेपालको पत्रकारिताको विश्वसनीयता बढाउने गरी भूमिका खेल्न सकिने औंल्याए।…

पत्रकार तिलक मल्ल जापानमा ‘प्रवास पत्रकारिता पुरस्कार’ बाट सम्मानीत

जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार–२०२६’ बाट सम्मानीत भएका छन्। जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सकृय रहँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा सो पुरस्कारबाट सम्मान गरेको हो। पत्रकार मल्ल सन् १९९९ देखि जापानमा पत्रकारिता गर्दै आएका छन्। पत्रकार मल्लले जापानको टोकियोमा रहेर समुद्रपारी डटकम…

पोखरामा खेलकुद पत्रकारिता तालिम सकियो

पोखरामा दुई दिने खेलकुद पत्रकारिता तालिम सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि खेलकुद पत्रकारिता तालिमको आयोजना गरिएको हो। पोखराको पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ एवं नियमबारे प्रशिक्षण दिइएको थियो। विशेषगरी, खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ…

१४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव चैतको अन्तिम सातादेखि

आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा चैतको अन्तिम सातादेखि १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ। यही चैतको २७ गदेदेखि वैशाख ५ गतेसम्म महोत्सव हुने भएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ। आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो। पोखरा–२५ हेमजाको विष्णुपादुका…

अकोराब गण्डकीको १० बुँदे दमौली घोषणापत्र जारी

सामुदायिक रेडियो प्रसारकहरूको संस्था अकोराबमा आबद्ध रेडियोहरूको गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा अकोराब गण्डकीको छैटौं साधारण सभा तनहुँको दमौलीमा सम्पन्न भएको छ। सम्मेलनले एफएम रेडियो संचालनमा देखिएका विभिन्न चुनौतीहरूको सामना गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारहरू, रेडियो संचालक, संचारकर्मी तथा सरोकारवाला संस्थाहरूको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ। सम्मेलनबाट १० बुँदे ‘दमौली घोषणापत्र’ समेत जारी…

‘महिला पत्रकारका लागि सुरक्षित इको सिष्टम र समावेशी नेतृत्व’

प्रेस काउन्सिल नेपालले पनि ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। दिवसको अवसरमा ‘पत्रकार महिलाका लागि सुरक्षित इको सिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रियात्मक कार्यक्रमसमेत गरेको छ। कार्यक्रममा महिला पत्रकारहरूको पेशागत सुरक्षा, समान अवसर, नेतृत्वमा पहुँच र लैङ्गिकमैत्री संचार वातावरण निर्माणका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा…