Author Archive »

गरिबीका कारण पढ्न नपाएका बालबालिकालाई निशुल्क पढाउँछौं : अध्यक्ष बानियाँ

ठूलीमजुवास्थित संरचना टोलको बाटो उद्घाटन गरिएको छ। पोखरा महानगरपालिका–१५ ठूलीमजुवास्थित गल्ली नं ३ को नयाँ ढलान बाटोको वडाध्यक्ष तोरणबहादुर बानियाँले उद्घाटन गरेका हुन्। उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बानियाँले निर्वाचनका बेला व्यक्त गरिएका प्रतिवद्धता अनुरुप पोखरा–१५ लाई ३३ वटै वडामध्ये नमुना र सभ्य नागरिक बसेको वडा बनाउने अभियानमा लागेको बताए। उनले पूर्वाधारको विकासले मात्र…

पोखरा स्पोटर्स अवार्डलाई सघाउने खेलकुद संघसंस्थाको प्रतिबद्धता

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स, अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेल संघसंस्थाहरुले सघाउने प्रतिबद्धता जनाएका छन्। पोखरामा शनिबार आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्न रचनात्मक सुझाब समेत दिएका छन्। अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो। खेलाडी, प्रशिक्षक, खेल संघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारबारे उनीहरुले जिज्ञाशा समेत राखे। उनीहरुको…

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालले भुटानलाई ५० रनले हरायो

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट बन्यो। भुटानले ४४ रन मात्र बनाउन सक्यो। भुटानका लागि छिरिङ जाङमोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४…

तनहुँको यातायात व्यवस्था कार्यालय बिमलनगरमा, सेवा सुरु

तनहुँको यातायात व्यवस्था कार्यालय विमलनगरमा स्थापना गरिएको छ। भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगतको यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते (बुधबार)देखि जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा समेत सुरु गरेको हो। यसअघि, डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो। कार्यालयले यहि जेठ २५ गतेबाटै सवारी साधनको दर्ता…

नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा

नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ। असार ११ गतेसम्म मञ्चन हुने नाटकको पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले लेखन तथा निर्देशन गरेका छन्। सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनेछन्।…

गण्डकी प्रदेशमा करिब ३६ अर्बको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…

आजदेखि पुरानै बिदा र कार्यालय समय

आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ। गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।…

सबै विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन नेविसंघको माग

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सबै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेको हो। अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आई डेरा गरी बसेका विद्यार्थीहरुलाई विद्युतीय चुल्होको आवश्यकता…

विश्वकप फुटबलमा प्ले–अफबाट अस्ट्रेलियाको इन्ट्री, एसियाबाट ६ देशले खेल्ने

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ। गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो। अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ। फिफा विश्वकप फुटबलमा एसिया…

ड्यामसाईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

पोखरा–१७ स्थित ड्यामसाइड क्लबले सल्लाहकार चयन गरेको छ। क्लबले मंगलबार एक कार्यक्रमबीच अधिवक्ता केशवराज वराल, इञ्जीनियर किसानसिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनीत गरेको हो। सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरे। खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल…