Author Archive »

एसईई–२०८१ को नियमित परीक्षा चैतको ७ देखि १९ गतेसम्म

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ। परीक्षाको नतिजा २०८२ सालको असार पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने मंगलबार सार्वजनिक…

पत्रकारहरु त्रिभुवन र अनिलको सम्झनामा स्मृतिमा सभा

पत्रकार महासंघ गण्डकीमा संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा मंगलबार स्मृतिसभा गरिएको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको स्मरणमा दोस्रो स्मृति सभा गरेको हो। २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै संचारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो। महासंघको…

पोखरामा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा कला प्रदर्शनी सुरु गरिएको हो। पोखरा महानगरप्रमुख धनराज आचार्यले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्। अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारहरुले तयार पारेका २ दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन्। मंगलबार प्रदर्शनीमा पानी…

लेखनाथ महोत्सव लक्ष्य नजिक पुग्यो

२० औं संस्करणको लेखनाथ महोत्सव संचालनको १२ औं दिनसम्म आइपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ। महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ। त्यसैगरी, ७ करोड ९५ लाखको आर्थिक कारोबार गर्न सफल…

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ मा

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते (मंगलबार) हुने भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो। स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदानसहित अन्तरक्रिया कार्यक्रम र प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार अर्पणसमेत गरिने सचिव रञ्जन अधिकारीले जानकारी…

पोखरा–२५, हेमजामा वडास्तरीय महिला सीप विकास तालिम सकियो

पोखरा महानगर–२५, हेमजामा वडास्तरीय महिला सीप विकास तालिम सम्पन्न भएको छ। पोखरा–२५ वडा कार्यालयको आर्थिक सहयोग र महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजनामा वडास्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम भएको हो। सहभागिहरुलाई मासुको अचार, मेथीको अचारलगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोइराला त्रिपाठीले…

काठमाण्डौं जिल्ला अदालतमा रवि लामिछानेविरुद्धको थुनछेक बहस सुरू

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको तर्फबाट हिँजो आइतबार बयान सकिएको थियो। त्यसपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा…

लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख बन्दै

दर्शकहरुको साथ र सहभागिताले २० औं संस्करणको लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन्। महोत्सवको ११ औं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडी बढेको आयोजकको दावी छ। महोत्सवको ११ दिनसम्म आइपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद…

पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको बजेट ३६ करोड ७८ लाख ६१ हजार रूपैयाँमध्ये हालसम्म १३ करोड…

‘देखेर होइन, बुझेर मात्र व्यवसाय थाल्दा सफल भइन्छ’

पोखरा उद्योग वाणिज्य संघले ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ। उद्योगा वाणिज्य संघले पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको हो। ग्रामीण पर्यटन प्रवर्द्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको संभावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे।…