
अंग्रेजी नयाँ वर्ष २०२५ को आगमनसँगै तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ भएको छ। ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गरिएको हो। नेपालको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान,…
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देवीप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सह–सचिवमा वीरेन्द्रराज काफ्ले छन्। त्यसैगरी, समितको सदस्यहरुमा जालकुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल छन्। निर्वाचन समितका संयोजक…
पोखरास्थित कास्की कारागारमा रहेका बिरामी कैदी बन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ। युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर गरिएको हो। गत शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको…
इस्वी सन नयाँ वर्ष २०२५ सुरु भएसँगै तनहुँमा आज (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ। तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गरिने भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ। ‘पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी…
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा शल्यक्रियासहितको प्रसुती सेवा सुरु गरिएको छ। अस्पतालले हिँजो (मंगलबार) साँझ स्थानीय एक महिलाको पहिलो पटक शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेको अस्पतालले जनाएको छ। गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरेर नवजात शिशुको जन्म दिइएको हो। अस्पतालका प्रमुख डा. डीबी क्षत्री, मेडिकल अधिकृत डा. अविनासकुमार रौनियार, एनेस्थेसिया सहायक…
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्यांक छ। नेपाल पत्रकार महासंघ, संचार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासंघले जनाएको छ। विगतका…
आरव सम्राट हाडा र सुनिरा थापा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिसको च्याम्पियन बनेका छन्। २१ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत पोखरामा मंगलबार सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका हुन्। कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र…
तनहुँमा ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा भोली (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई प्रचार–प्रसारमा तीब्रता दिइएको छ। ‘बन्दीपुर भ्रमण वर्ष’ को पूर्वसन्ध्यामा बन्दीपुरदेखि मुग्लिनसम्म ट्याक्सी र्याली गरिएको छ। ‘बन्दीपुर भ्रमण वर्ष’ को प्रचार–प्रसार गर्ने उद्देश्यले ट्याक्सी र्याली गरिएको हो। ट्याक्सी व्यवसायी संघ बन्दीपुरको आयोजनामा आज (मंगलबार) बिहान बन्दीपुर–डुम्रे– आबुखरिनी–मुग्लिनसम्म ट्याक्सी र्याली…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसभापति रबि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका रबि लामिछानेसहितका अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि सुरु थुनछेक बहस सुरु भएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा…
१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।…