Author Archive »

३३.३६ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्से फेरि २ हजार भन्दा पनि तल गिरावट आएको छ। नेप्सेमा आज (आइतबार) ३३.३६ अंकले गिरावट आएर १ हजार ९८९.२६ को बिन्दुमा झरेको हो। यसअघि, असार अन्तिम साता पनि २ हजारभन्दा तल झरेको थियो। बिस्तारै उकालो लागेको नेप्से गत साता २ हजार २ सयको नजिक पुगेको थियो। फेरि ओरालो लागेर नेप्से २…

७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो। अघिल्लो दिन (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेकोमा आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी…

पिपुल्स पावरको आइपीओ बाँडफाँड, ४ वटा साइटबाट आइपीओ नतिजा हेर्न सकिने

पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरिएको छ। आइपीओ आज (आइतबार) बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँड भएको हो । बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन्। जसमध्ये २ जनाले ११ कित्ता र…

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम…

पोखराको लामाचौरमा तीज महोत्सव सुरु

पोखराको लामाचौरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ आज (आइतबार) देखि सुरु भएको छ। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ १२ देखि सुरु महोत्सव भदौ १४ सम्म चल्नेछ। महोत्सवको मुख्य आकर्षणको रुपमा महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तर महिला समूह तीजगीत प्रतियोगिता, पवित्रा गणेश अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, बाल उद्यान, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरु, झाँकी…

पोखरामा जोन्टाको ‘गो रेड फर वुमन’

पोखरामा महिलाहरुका लागि २ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। जयन्ति ट्रष्टसँगको सहकार्यमा जोन्टा क्लवको आयोजना गरेको ‘गो रेड फर वुमन’ नारा दिइएको शिविरमा पोखराका करिब ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन्। थापाका अनुसार शिविरमा महिलाहरुको नि:शुल्क ब्लड प्रेसर, नाप, तौल, ईसीजी, बीएमआई, ब्लड ग्लुकोज लगायतका परीक्षण…

नवौं राष्ट्रिय खेलकुद : कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन्। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको छ। संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेशस्तरियका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन्। जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २…

पोखरा विमानस्थल संरचनाको सदुपयोग गरौँ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल संचालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका छन्। पोखराको विकास सन्दर्भमा एक प्रेस नोट जारी गर्दै पौडेलले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रंगीचंगी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गरे। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि…

अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम

अष्ट्रेलियन शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा अष्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम भएको छ। दिदी–बहिनी समाज भिक्टोरियाले करिब ७ सय नेपाली महिलाको उपस्थितिमा तीज कार्यक्रम गरेको हो। दिदी–बहिनी समाज भिक्टोरियाले विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य–पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको छ। शिक्षा तथा…

साफ च्याम्पियनसीप खेल्ने नेपाली महिला टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसीप २०२२ को लागि अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित भुटान र श्रीलंका छन्। डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन्। नेपालले उद्घाटन खेलमा…