रोजगार »

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

’अग्निपथ योजना’ अनुसार नै भारतमा गोर्खा भर्ती

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ। यसअघि, नेपाल सरकारले नेपालीलाई…

परीक्षाका लागि तयार रहनुस् : लोक सेवा आयोग

लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ। लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो। विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश…

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ। कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए। तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ। तर, निकाला गरिएका कामदारको…

६ भदौमा नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र…

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा प्राविधिक जनशक्ति आवश्यक

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको छ। परिषदले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाहरु संचालन गर्न केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको हो। परिषदले ती प्राविधिक जनशक्तिले फिल्डमा गई काम गर्न पर्ने स्पष्ट पारेको छ। स्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्तिले यसका लागि दरखास्त दिन सक्ने जनाएको…

१७ कात्तिकमा ‘सीएनआई रोजगार तथा सीप मेला’

नेपाल उद्योग परिसंघले १७ देखि २० कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला गर्दैछ । परिसंघले आगामी कात्तिकको दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो। चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ। परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न…

प्युठानको स्वर्गदारी नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

प्युठान जिल्लाको भिंगुस्थित स्वर्गदारी नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै कर्मचारीहरु माग गरेको हो। प्रशासन सहकायक पाँचौ तहमा १, सब–इञ्जीनियर पाँचौं २, स्वास्थ्य हेल्थ असिस्टेन्ट पाँचौं १, स्टाफ नर्स पाँचौं १, सब–इञ्जीनियर चौथो १, अमिन चौथो १, अहेब चौथो ७, अनमी चौथो ८, चालक १, हल्का…

कैलालीको गोदावरी नगरपालिकाले माग्यो कर्मचारी

कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका कार्यालयले करारमा कर्मचारी मागेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार करार कर्मचारीसम्बन्धी सूचना जारी गर्दै कर्मचारी मागेको हो। कार्यपालिका कार्यालयले भूमी आयोगका कार्यका लागि अमिन ६ जना, सर्भेक्षक ४, असिस्टेन्ट सब–इञ्जीनियर (ल्याब असिस्टेन्ट) १, सब–इञ्जीनियर (ल्याब टेक्निसियन) १, सूचना प्रविधि अधिकृत १ र कानून अधिकृत १ जना गरी करिब १४ जना कर्मचारी…

इजरायलका लागि थप १६९ जना गए

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…