निर्वाचन–२०७९ »

आज आम निर्वाचन, सबैले मत हालौं

आज (मंसिर ४ गते, आइतबार) प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को मतदान गर्ने दिन। आजका दिन नेपाली नागरिकहरुले आफ्ना जनप्रनिधि चुन्ने दिन। आफ्नो क्षेत्रमा दिगो प्रभावकारी विकास गर्न सही नेता छनोट गर्ने दिन्। आफ्नो कानुन बनाउने जनप्रनिधि चुन्ने दिन्। हामीले दिएको प्रत्येक मतको महत्व विशेष छ। भोलिका लागि हाम्रै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै…

निर्वाचनको दिन सवारी साधन क–कसले चलाउन पाउँछन् ?

निर्वाचन आयोगले भोली (आगामी मंसीर ४ गते, आइतबार) मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ। आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो। बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसार–पसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसंचार…

मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगको ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो। यस्ता छन् निर्देशन १. प्रत्येक मतगणनास्थलमा प्रेस…

समानुपातिक उमेदवारका लागि आयोगले परिचयपत्र उपलब्ध गराउने

आसन्न मंसीर ४ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध हुनेछ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको जनाएको हो। ‘अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड…

आचारसंहिता उल्लंघन गर्ने ६ संचार माध्यमले गरे भुलसुधार

आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० संचार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ संचारमाध्यमले भुलसुधार समेत गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ११ वटा पत्रपत्रिका,…

मतदानमा सहभागी हुनुहोस: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा…

हेर्नुहोस, आचारसंहिता अनुगमन समितिको बैठकमा भएको निर्णय

निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ। आयोगले उक्त निर्णय सार्वजनिक गरेको हो । हेर्नुहोस, निर्णय : १ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने…

मौन अवधि सुरु, मत माग्न र प्रचार–प्रसार गर्न पाइँदैन

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न नपाउने व्यवस्था छ। यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष…

उल्लंघन गरे, मिडियालाई लोककल्याणकारी विज्ञापनमा कडाई

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ। काउन्सिलले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसार गर्ने समय आज (बिहीबार) राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न संचार माध्यमलाई सचेत गराएको हो। ‘स्थिर समय सुरु…

आजको मध्यरात १२ बजेबाट मौन अवधि सुरु

मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्। त्यसपछि मध्यरातबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार –प्रसार गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनैपनि प्रकारका चुनावी प्रचार सामग्री…