अर्थ–बजार »

नेतृत्व गर्न महिला सक्षम छन् : उपप्रमुख मञ्जुदेवी

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको दावी गरेकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन भन्ने प्रमाणित गरेको बताइन् । ‘महिलालाई जिम्मेवारी अख्तियार…

मेगा बैंकका लागि गण्डकी विकास बैंक प्राप्ती

पोखरा । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो प्राप्ती पश्चात् मेगा…

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम पूरा भयो

पोखरा । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीको भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन–आइओसीसँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,…

युवा र खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट

पोखरा । सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब, ९९ करोडको बजेट विजियोजन गरेको छ । यस वर्ष सरकारले खेकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो । बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको छ । यस बर्ष बजेटमा करिब २४ करोडले वृद्वि भएको छ । अघिल्लो बर्ष सरकारले खेलकुद क्षेत्रमा ३…

आगामी आर्थिक वर्षको बजेट रु. १५ खर्ब ३३ अर्ब सार्वजनिक

पोखरा । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्व ५७ अर्व १० करोड, पुँजीगततर्फ ४ खर्व ८ अर्व र वित्तिय व्यवस्थापनतर्फ १ खर्व ६७ अर्व विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । अर्थ मन्त्री डा….

देशभर २३ भन्सार कार्यलयहरु, जनकपुर र राजविराजलगायतका ११ भन्सार कार्यलयबाट निर्यात शून्य

काठमाण्डौं । देशभर संचालनमा रहेका २३ भन्सार कार्यलयहरुमध्ये आधा भन्सार कार्यलयबाट चालु आर्थिक वर्षको ९ महिनामा कुनैपनि निर्यात हुन सकेको छैन । २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि मालसामान निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ११ वटा भन्सार कार्यालयबाट कुनैपनि प्रकारको निर्यात नभई शून्य अवस्थामा…

‘आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक छ’ डा. बाबुराम भट्टराईको सुझाव

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको अर्थ समितिका सदस्यसमेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गर्न आवश्यक रहेको सुझाव दिए । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अर्थ समितिको बैठकमा डा. भट्टराईको सुझाव थियो, ‘राजनीतिक रुपमा भन्दा आर्थिक समृद्धि उन्मुख बजेट…

कामना सेवा विकास बैंक र साहारा हस्पिटल प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता

पोखरा, २७ चैत । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अब बैंकका संपूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु…