Author Archive »

गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको नि:शुल्क स्वास्थ्य बीमा

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ,’ उनले भने,…

पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखराका पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पत्रबार बराललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरेको हो। यस्तै, मीना गुरूङ र हुम गुरूङलाई प्रेस चौतारी पत्रकारिता…

पुलिसले जित्यो पीएम कप क्रिकेटको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका लागि शंकर…

त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। शनिबार, पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो। आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्र्की, फात्तेमान घले र बसन्त जिम्बाले १/१ गोल गरे। खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।…

विभागीय त्रिभुवन आर्मी क्लब आहा ! रारा गोल्डकपको फाइनलमा

विभागीय त्रिभुवन आर्मी क्लबले आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा स्थान बनाएको छ। २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले हराउँदै आर्मी क्लबले पाँचौ पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनल यात्रा गरेको हो। बिहीबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा…

थ्री स्टार आहा ! रारा गोल्डकपको फाइनलमा

थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल यात्रा गरेको छ। बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टारले फाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा थ्री स्टारलाई जित दिलाउन दिपेश घलेले निर्णायक गोल गरे। खेलको ७८ औं मिनेटमा घलेले गरेको गोल नै खेलको निर्णायक बन्यो। बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन…

नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी संचार माध्यम बनाइने मन्त्री शर्माको भनाई

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्। नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र…

पोखराका पत्रकारहरु पराजुली र जिसीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

पोखराका पत्रकारहरु रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत गरेको हो। युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। पराजुली र जिसीसँगै अन्य ९ जना पत्रकारहरु सो पुरस्कारद्धारा सम्मानित भएका हुन्। उनीहरूले जनही २५ हजार पुरस्कार प्राप्त गरे।…

चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज यूनाइटेड क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज यूनाईटेडले विभागीय नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो। चर्च ब्वाईजका लागि समिर तामाङले गरेको एकमात्र गोल निर्णायक बन्यो। ७२ औं मिनेटमा समिरले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए। त्यसपछि, दुबै टोलीबाट कुनै गोल…

पत्रकार त्रिभुवन र अनिलको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन

गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्। प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार…