
फिलिपिन्सको दुवै टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को च्याम्पियन बनेको छ। चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिनी पुरुष टोलीले एसिया रग्बीको पुरूषतर्फको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो। खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो। उक्त…
पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ। नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो। असोज १७ गतेदेखि सुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा…
नेपालको पुरुष टोली एसिया रग्बी सेभेन्स ट्रफीको ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को फराकिलो स्कोरमा पराजित भएको हो। एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर, नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन। तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही…
घरेलु नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज (शनिबार) बिहान भएको खेलमा महिला टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो। नेपाल समूहचरणका ३ वटै खेलमा पराजित भएको थियो। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। नवलपुरको कावासोतीस्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पूर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन्। शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी…
लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ। हालैमात्र, पालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा भएको हो। सो नगरपालिकाले ४ करोड ९ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेर आफ्रनै प्रशासकीय भवन निर्माण गरेको हो। यसअघि, मध्यनेपाल नगरपालिका–६, भोर्लेटारस्थित मासिक १ लाख रुपैयाँ बढी भाडा तिरेर आएको नगरपालिका अब आफ्नै भवनमा संचालन…
प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई शुक्रबार पत्राचार गरेको छ। दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाई अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो। गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पाससमेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल…
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फाइनलमा भोली (शनिबार) कर्णाली यश्विस र ललितपुर क्वीन्स भिड्ने भएका छन्। लिग चरणका खेल सकिएसँगै शीर्ष २ स्थानमा रहेका कर्णाली र ललितपुर उपाधिका लागि भिड्ने भएका हुन्। कर्णाली यश्विसले अपराजित रहँदै ललितपुर क्वीन्सविरुद्ध एभरेस्ट महिला भलिबल लिगको फाइनल खेल्ने भएको हो। शुक्रबार राति कर्णालीले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौं स्पाइकर्सलाई…
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकीले दोस्रो जित निकाल्दै आफ्नो खेललाई अन्त्य गरेको छ। इडब्ल्युभिएलको आफ्नो अन्तिम खेलमा गण्डकी थन्डर्सले मधेश युनाइटेडविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकीले खेल २५–१६, २५–१९ २५–१८ ले आफ्नो पक्षमा बनायो। जितसँगै ५ खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा…
नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्। नेफेजको शुक्रबार भएको ३९ औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्। कुल १०४ मतदाता रहेकामध्ये निर्वाचनमा ७४ मत खसेको थियो। यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याएर विजयी बने।…