
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा नेपाली महिला टिमले समूह चरणमा पहिलो जित हात पारेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको प्रतियोगिता आयोजक नेपालले उज्वेकिस्तानलाई १२–७ स्कोरमा पराजित गरेको हो। नेपाल समूह चरणको ‘ए’ मा फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो। नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ को स्कोरमा पराजित भएको हो। फाइल तस्बीर
नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा दोस्रो खेलपनि हारेको छ। दोस्रो खेलमा नेपाली महिला टोलीले गुआमसँग पनि पराजित हारेको हो। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो। यसअघि, यही टोलीले फिलिपिन्ससँग ३२–० को स्कारेरमा हारेको थियो। यसपछि,…
पोखरा नागढुंगामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ। पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङले आफ्नो शाखा विस्तार गरेको हो। बजारको मागलाई मध्यनजर गरी पोखरा नागढुंगामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिएका छन्। विगत १३ बर्षदेखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै…
एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालको पुरुष टिमले दोस्रो हार ब्यहोरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बहराइनसँग पराजित भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज (शुक्रबार) भएको पुरुषतर्फको दोस्रो खेलमा नेपाल बहराइनसँग ७–२७ को फरक स्कोरमा पराजित भएको हो। प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को लज्जाजनक स्कोरले पराजित भएको थियो। पुरुषतर्फ…
एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को फरक स्कोरमा पराजित भयो। यसअघि, नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। यसैगरी, महिलातर्फको पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरले हरायो। प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ। आयोजकका…
एसिया रग्बी सेभेन्स ट्रफीमा घरेलु टोली नेपाल पुरुषतर्फको पहिलो खेलमा पराजित बनेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबारबाट सुरु भएको रग्बीमा नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को लज्जाजनक रुपले पराजित भएको हो। अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५ ले, कतारले साउदी अरेबियालाई ३९–७ ले, श्रीलंकाले काजकिस्तानलाई ४३–० ले, भारतले बंगलादेशलाई ३१–० ले तथा चाइनिज ताइपेइले अफगानिस्तालाई…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआइटी) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ। हालै, मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो। कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको…
नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि क्यानडाले जितेको छ। गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० श्रृंखलाको उपाधि जितेको हो। ओमानले दिएको ८३ रनको लक्ष्य पछ्याएको क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। क्यानडाका लागि निकोलस किर्ताेनले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले…
एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज (बिहीबार) भएको खेलमा गण्डकीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै जारी भलिबल लिगमा पहिलो जित निकालेको हो। गण्डकीले लिगमा खेलेको ४ खेलबाट पहिलो जित निकालेको हो। ललितपुरलाई गण्डकीले दोस्रो सेट २५–२३ ले हराउँदै खेलमा फर्कियो। ् त्यसैगरी,…
एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभीएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ। कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा पराजित गरेपछि एक खेलअगावै फाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा कर्णालीले चितवन शक्तिमाथि रोमाञ्चक जित निकाल्यो। कर्णालीले पहिलो सेट २०–२५ ले गुमायो। दोस्रो सेटमा कर्णालीले २५–१८…