Author Archive »

नेपाल सुपर लिग: बुटवल र झापा एफसीले अंक बाँड्यो

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा बुटवल लुम्बिनी एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा (आइतबार) सम्पन्न खेलमा झापाले १० खेलाडीमा सीमित भएको बुटवललाई दबाब दिएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो। गोलरहित शून्य/शून्यको बराबरी खेलेपछि बुटवल लुम्बिनी एफसी र झापा एफसी दुबैले समान १/१ अंक जोडेका…

‘स्वतन्त्र प्रेसलाई राजावादीले आक्रमणको निशाना बनाएको छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र प्रेसलाई राजावादीले आक्रमणको निशाना बनाएको उल्लेख गरेका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज (शनिबार) काठमाण्डौंमा उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको छ।’ अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिंगो संचार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘अग्रगमन, शान्ति, विकासको…

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीका अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान

गण्डकी प्रदेशका अर्जुन कुमाल प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्। उत्कृष्ट ब्याट्सम्यानका रूपमा अर्जुनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन्। अर्जुनले ९ खेलमा सर्वाधिक ३ सय ७४ रन बनाए। सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र २ वटा छक्का प्रहार गरे। त्यस्तै, यस प्रतियोगितामा नेपाल पुलिस क्लबका…

नेपाल पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

विभागीय नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। उपाधिसँगै पुलिसले १० लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी हात पारेको छ। उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले पाँच लाख रुपैयाँ नगदसहित रनरअप ट्रफी पायो।…

यु–१९ को एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको क्लिन स्वीप

दिल्लीको १९ वर्षमुनिको टोलीसँगको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला खेलमा नेपालको यु–१९ टोलीले क्लीन स्वीप गरेको छ। दिल्लीको १९ वर्षमुनिको टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला नेपाली युवा टोलीले क्लीन स्वीप गरेको हो। वीरगञ्जमा भएको तेस्रो खेलमा दिल्लीलाई ५१ रनले पराजित गर्दै नेपालले श्रृंखला क्लीन स्वीप गरेको हो। यसअघि, लगातार २ खेल जितेर नेपालले श्रृंखला…

कोमल बराललाई ‘कृष्ण सेन ईच्छुक पत्रकारिता पुरस्कार’

वरिष्ठ पत्रकार कोमलनाथ बराललाई यस वर्षको ‘कृष्ण सेन ईच्छुक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। प्रेस सेन्टर नेपालको शनिबार काठमाण्डौंमा सुरु पाँचौ महाधिवेशनको अवसरमा पत्रकार वरिष्ठ पत्रकार बराललाई सो पुरस्कार प्रदान गरिएको हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार बराललाई सो पुरस्कार प्रदान गरेका हुन्। ‘प्रचण्ड’ ले पत्रकार बराललाई ३० हजार रुपैयाँ…

प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सुरु

प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। पूर्वप्रधानमन्त्री एवं नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन गरेका हुन्। महाधिवेशनमा देशभरबाट ८ सय ५० जना पत्रकारहरु प्रतिनिधिको रुपमा सहभागी छन्। प्रेस सेन्टर नेपालले महाधिवेशनमा विविध पुरस्कारबाट उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान गरिएको छ। ‘कृष्ण…

संचारकर्मी र संचारगृहमाथिको आक्रमणबारे छानविन समिति गठन

नेपाल पत्रकार महासंघले काठमाण्डौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा संचारकर्मीको मृत्यु र संचारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ। महासंघको आज (शनिबार) राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका ६ जना सचिव सदस्य रहेका छन्। समितिमा सचिवहरु रमेश खतिवडा,…

पत्रकार सुरेश रजकको हत्याविरुद्ध कास्की पत्रकारको प्रदर्शन

राजधानी काठमाण्डौंमा शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको हत्या र संचार माध्यमहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार बिहान पोखराको सहिद चोकमा विरोध प्रदर्शन र शोक सभा गरेको छ। महासंघ कास्की परिसरबाट र्‍यालीसहित सहिदचोक पुगेका कास्की पत्रकारहरूले रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न…

पत्रकार मृत्युको बिरोधमा पत्रकार महासंघद्वारा माइतीघर मण्डलासहित शाखाहरुमा प्रदर्शन

आफ्नो स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र संचार गृह तथा संचारकर्मीमाथिको हमलाविरुद्धको प्रदर्शन राजधानी काठमाडौँमा राजाबादीहरुले शुक्रबार आगजनी गरी पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघले शनिबार बिहान काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। नेपाल पत्रकार महासंघको नेतृत्वमा शनिवार बिहान पत्रकारहरूले आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा राजावादीहरुको आगजनी गर्दा पत्रकार रजकको घरभित्र…