
राजावादीको आगजनीमा परेर पत्रकार सुरेस रजकको मृत्यु भएको छ। राजधानीको तीनकुनेमा शुक्रबार दिउँसो राजावादी समर्थक प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार रजकको निधन भएको हो। एभिन्युज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ। आगलागीपछि भवनबाट…
एएफसी महिला एसियन कप–२०२६ को छनोट चरणमा नेपाल समूह ’एफ’मा परेको छ। मलेसियामा बिहीबार भएको ‘ड्र’ मा नेपाल, आयोजक उज्वेकिस्तानसँगै समूह ’एफ’ मा परेको हो। उक्त समूहमा लाओस र श्रीलंकासमेत ४ देश छन्। एएफसी छनोटका लागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो। आगामी जुनमा हुने समूह ‘एफ’ को छनोट खेल उज्वेकिस्तानमा हुँदैछ। नेपालले हालसम्म…
नेपाली यु–१९ टोलीले एक खेलअघि नै अभ्यास खेलको श्रृंखला जितेको छ। दिल्लीको यु–१९ को टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला नेपाली युवा टोलीले एक खेलअगावै जितेको हो। वीरगञ्जमा आज (विहीबार) भएको दोस्रो खेलमा नेपाली टोलीले दिल्लीको टोलीलाई १०२ रनले हरायो। नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० ओभर ४ बलमा ९०…
राजावादी समूहका प्रदर्शनकारीहरुले हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्। समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए। आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ। आक्रमणबाट पत्रकार समीर जोशी र भिडियो ग्राफर मिलन प्रजापति र चालक रामराजा सापकोटा सिसाका टुक्रा लागेर घाइते भएका छन्। उनीहरुको शरिरका…
नेपाल एएफसी एशियन कप–२०२७ को छनोटको फुटबल खेलमा मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोरबारूस्थित सुल्तान इब्राहिम रंगशालामा हिँजो (मंगलबार) भएको खेलमा नेपाल २–० ले पराजित भएको हो। मलेसियाले दुवै हाफमा १/१ गोल गर्यो। मलेसियाको जीतमा हेक्टर हेभल र ला भेरे कोर्बिन अङले गोल गरे। खेलको २९ औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो। मलेसियाली जर्सीमा…
गणेश पाण्डेको नेतृत्वमा प्रेस चैतारी नेपालको नयाँ केन्द्रीय कमिटी बनेको छ। विराटनगरमा हालै सम्पन्न १० औं अधिवेशनले गणेश पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपछि उनको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति बनेको हो। समितिको २ जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन भएका छन्। त्यस्तै, महासचिवमा हिरामान लामा पुन: दोहोरिएका छन्। त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल…
नेपालको यु–१९ टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको यु–१९ टोलीलाई ५ विकेटले हराएको छ। वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपालका अमर मिश्रले सर्वाधिक २७ रन बनाए। त्यसैगरी, रोशन विश्वकर्माले नटआउट २५ रन जोडे। दिल्लीका अमन चौधरीले २ विकेट लिए। यसअघि, टस जितेर ब्याटिङ गरेको दिल्लीले २३…
गण्डकी प्रदेशसभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत संभार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। गण्डकी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ। तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२ दशमलव ५…
प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ। अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन्। प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्मेलनको उद्घाटन गरेका छन्। अधिवेशनमा देशभरका झण्डै १ हजार पत्रकार जम्मा भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिएका छन्। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत…
सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको नि:शुल्क दुर्घटना बीमा गराइदिएको छ। पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रमअनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा आइतबार पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्यांकन समितिको बैठक बसेर बिमाका लागि…