Author Archive »

पर्वतका पत्रकार संजय रेग्मीलाई मिलन पत्रकारिता पुरस्कार

पर्वतका कृयाशील पत्रकार संजय रेग्मीलाई `मिलन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले पत्रकार रेग्मीलाई सो पुरस्कार प्रदान गरेको हो। समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई…

आमसंचार परिषद् विधेयक, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुग्यो

प्रतिनिधि सभाले आमसंचार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मंगलबार समितिमा पठाइएको हो। विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो। प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा…

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा महानगर क्षेत्रको  फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड (एनजेएस), कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो। पोखरा महानगरपालिकाका ४ वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा…

पत्रकारहरु सुवेदी र पंगेनी `रुपा रत्न’ बाट सम्मानित

पोखराका क्रियाशील पत्रकारहरु नवराज सुवेदी र सरिता तिम्सिना पंगेनी `रुपा रत्न’ बाट सम्मानित भएका छन्। कास्कीको रुपा गाउँपालिकाले मंगलबार आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार सुवेदी र पंगेनीलाई सो सम्मान प्रदान गरेको हो। पत्रकारितामार्फत रूपा र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरुलाई रुपा गाउँपालिकाले `रुपा रत्न’ बाट सम्मान गरेको हो। नेकपा एमालेका नेता एवं पार्टीको गण्डकी…

४ देशीय महिला क्रिकेटः तेस्रो खेलमा नेपाल हङकङसँग हार्‍यो

४ देशीय महिला वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल हङकङसँग पराजित भएको छ। हङकङसँगको खेलमा नेपाल २ रनले पराजित भएको हो। युगान्डाको एन्टेबे क्रिकेट ओभलमा सोमबार भएको नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्माले…

राम गुरुङ, नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्ष

पोखराका क्रियाशील अग्रज फोटो पत्रकार राम गुरुङ नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको अध्यक्षमा निर्वाचित भएका छन्। पोखरामा भएको संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्।…

 ४ देशीय महिला क्रिकेटः दोस्रो खेलमा नेपालले घरेलु युगान्डालाई हरायो

४ देशीय वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको हो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो। नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। त्यसअघि, टस…

४ देशीय महिला क्रिकेटः पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा हिँजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो। नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो। पानी…

विभागीय एपीएफले जित्यो अन्तराष्ट्रिय महिला गोल्डकपको उपाधि

विभागीय एपीएफ क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि  जितेको छ। इलाममा आज भएको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो। एपीएफका लागि गीता रानामगर र सविता रानामगरले गोल गरे। यता, आर्मीका लागि बिमला बि.के. ले गोल गरिन्। सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ…

समतामूलक समाज निर्माणको बलियो जग नै शिक्षा हो: प्रदेश प्रमुख भट्ट 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन्। चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको प्रदेश प्रमुख भट्टको जोड छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले औंल्याए, ॅविद्यार्थी केन्द्रीत शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्छ। बालबालिकाको रुचीअनुसार…