Author Archive »

`पत्रकारले जनताको बीचमा सहि कुरा लैजानुपर्छ’

संघीय संसदका सभामुख देवराज घिमिरेले पत्रकारहरुले सहि कुरालाई जनताको बीचमा लैजानुपर्नेमा जोड दिएका छन्। प्रेस क्लब, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले भने, `चौथो अंग मानिएको पत्रकारिताले सहि कुरा जनताको बीचमा लैजानुपर्छ।  समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको अगाडी लैजानुपर्छ।  पत्रकारिता क्षेत्रको विकास, काम गर्ने वातावरण हौसला र…

पत्रकार कृष्णमणि बराललाई प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान

पोखराका कृयाशील पत्रकार कृष्णमणि बराल प्रेस क्लब पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस क्लब गण्डकीद्वारा स्थापना गरिएको पुरस्कार बराललाई प्रदान गरेको हो। प्रमुख अतिथि संघीय संसदका सभामुख घिमिरेले बराललाई नगद ५० हजारसहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेको हुन्। पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै पत्रकार बराललाई प्रेस क्लबले सम्मान गरेको…

नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २० मा 

  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स–अवार्ड २०८१’ को मिति तय गरिएको छ। मञ्चको पोखरा रंगशालस्थित मिडिया सेन्टरमा शनिबार बसेको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले…

लमजुङको मर्स्याङदी गाउँपालिकाका किसानहरुलाई अकबरे खुर्सानी खेती तालिम 

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका किसानहरुलाई व्यावसायिक अकबरे खुर्सानी खेती प्रविधिसम्बन्धी तालिम दिएको छ। गाउँपालिका कृषि विकास शाखाले व्यवसायिक अकबरे खुर्सानी खेतीका लागि छनोट भएका ९ वटै वडाका किसानलाई एक दिनको तालिम प्रदान गरेको हो। शुक्रवार संचालित तालिममा वडा नं. ५, ६, ७ र ८ का ४२ जना किसानहरु सहभागि थिए। त्यस्तै, वडा नं. १, २, ३,…

पत्रकार महासंघ कास्कीमा महिला श्रमजीवीका कुराहरु 

पत्रकार महासंघ कास्की शाखामा महिला सम्वाद कार्यक्रम गरिएको छ। ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले महिला अधिकारकर्मीका बीच सम्वाद कार्यक्रम गरेको हो। महिला संवाद कार्यक्रममा सहभागीहरुले महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिएका छन्। महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा…

पर्वतको बिहादी गाउँपालिकाद्वारा आगलागीबाट सावधानी अपनाउन अनुरोध

पर्वतको बिहादी गाउँपालिकाले सुक्खा मौसमको सुरुवातसँगै आगलागी तथा वन डढेलो जस्ता घटनाहरु घटी ठूलो क्षति हुने स्मरण गराएको छ। यसतर्फ, विशेष सावधानी अपनाउन गाउँपालिकाले अनुरोधसमेत गरेको छ। गाउँपालिकाले एक सूचना जारी गरी आगलागी तथा वन डढेलो घटनाहरु मानवीय त्रुटि तथा असावधानीका कारण हुने गरेको र त्यस्ता घटना हुन नदिन यदि भइहालेमा पनि कम क्षतिमा नियन्त्रण…

पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण

प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो । महासंघले काउन्सिलको क्षेत्राधिकारलाई…

गोरखाको बारपाक सुलिकोटमा अनाथ बालबालिकालाई आवासीय सुविधासहितको निःशुल्क शिक्षा

उत्तरी गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ। गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास संचालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई खाने, बस्ने आवासीय व्यवस्थासहितको निःशुल्क पठनपाठनको प्रबन्ध गरेको हो। हाल, छात्रवासमा ९ छात्रा र १० छात्र गरी १९ जना बालबालिकाहरु छन्। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले उनीलाई कक्षा १२ सम्म निःशुल्क…

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा युवाहरुलाई सीप विकासका तालिम प्रदान

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा युवाहरुलाई सीप विकासका लागि डकर्मी र प्लम्बर तालिम दिइएको छ। मर्स्याङ्दी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीपमुलक तालिम संचालन गरेको हो। मर्स्याङ्दी ७ खुदीमा संचालन भएको मेसन अर्थात डकर्मी तालिममा वडा नं. ६ का ५ जना र वडा नं. ७ का १५ जना…

पोखरामा पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाजले रजत जयन्ती मनाउँदै

पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले आफ्नो रजत जयन्त मनाउँदैछ। संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा यही फागुन २२ गतेदेखि ३ दिनसम्म रजत जयन्ती मनाउने भएको हो। समाजले मंगलबार पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी गराएको हो। फागुन २२ गते पहिलो दिन आफ्नै कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सब–इनिस्पेक्टर कमल गुरुङले बताए। त्यसैगरी, फागुन…