
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित हुने बताएको छ। उसले यसरी संलग्न भए कानून बमोजिम कार्वाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तीमा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त…
राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। समूहको मंलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। एनएफपीजेको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सह–सचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमय, मदनमणि तिमिल्सिना, सागर ढकाल…
प्रतिनिधिसभाबाट ‘आमसंचार परिषद् विधेयक, २०८१’ स्वीकृत भएको छ। प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकले ‘आमसंचार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ। आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्वपूर्ण रहने औंल्याए।…
अध्ययन पूरा नगरी विदेशबाट फर्केका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर नीतिअनुसार पठनपाठन गराउन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ। मंगलबार रेक्टर खड्ग केसीले विज्ञप्ति जारी गर्दै इच्छुक विद्यार्थी र अभिभावकलाई विश्वविद्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरेका छन्। ‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरुले त्रिविमा संचालित कार्यक्रम र विषयमा अध्ययन…
प्रतिपक्षी सांसदहरुले मिडिया क्षेत्रलाई पूर्ण रुपमा स्वतन्त्रता दिनुपर्नेमा जोड दिएका छन्। प्रचलित नेपालको संविधानले नै मिडिया क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिन व्यवस्था गरेकाले मिडिया क्षेत्रमा केही समस्या भएपनि संचार जगत र संचारकर्मीलाई एकै डालोमा राखेर हेर्न नहुने प्रतिपक्षी सांसदहरुले जोड दिएका छन्। सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसंचार परिषद् स्थापना हुनुपर्ने धारणासमेत राखेका…
अब, मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारले मृतक सरह राहत पाउने भएका छन्। सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको हो। विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक सरह राहत दिने सरकारले निर्णय गरेको…
सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ। कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाई भइरहेको दूतावासले उल्लेख गरेको छ। दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो। अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको…
सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्नु राज्यको दायित्व भएको बताएकी छन्। सर्वोच्च अदालतद्वारा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘उच्च अदालत सुर्खेतमा संचालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक एक दिवसीय अन्तरक्रिया…
कास्कीको रुपा गाउँपालिकास्थित ध्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद संचालन भईरहेको थियो। अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लागेको देखियो। कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भएर हातमा हँसिया, कोदालोलगायतका आगो नियन्त्रण गर्ने परम्परागतका सामाग्री लिएर डढेलो लागेको वनतिर लागे। प्रत्येकका हातमा आगो निभाउने हरिया सेउला थिए। जंगलमा दन्किरहेको आगो…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको औंल्याएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज (सोमबार) ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले बोल्दै स्पष्ट पारे, ‘सामाजिक सञ्जाल नियमनसम्बन्धी…