
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए/नभएको तर्फ गंभीर बन्न सबैलाई सुझाव दिएका छन्। काउन्सिलमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट संविधानले सुनिश्चित गरेका नागरिकका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाए। उनले भने, ‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ। आफ्नो हक प्रयोगले…
नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ। आगामी फागुन २२ देखि २४ गतेसम्म मध्यविन्दु–७ को नवजागरण माविको प्राङ्गणमा महोत्सव हुने नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। नवीनतम कृषि प्रविधि तथा उपकरणहरको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्द्धन र संरक्षण गर्न, कृषक, उद्यमी तथा प्राविधिक र…
४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीप फुटबलमा नेपाल र म्यानमारले बराबरी खेलेको छ। यसअघि नै फाइनल पुगेको दुबै टोलीले २–२ गोलको बराबरी खेलको हो। म्यानमारका लागि मे हटेट लूले दुबै गोल गरेकी हुन्। नेपालका लागि सबिता रानामागर र साबित्रा भण्डारी ‘साम्बा’ ले गोल गरे। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा मे हटेटको गोलमा म्यानमारले खेलको छैटौं…
पत्रकार पदमराज जोशीलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पूर्वी नवलपरासीको कावासोती–२ स्थित राधा क्यान्सर फाउन्डेसनका अध्यक्ष प्रकाश शर्माका अनुसार स्थानीय लक्ष्मीनारायण मन्दिरमा शुक्रवार एक कार्यक्रम गरेर बैतडी निवासी हेल्थ टुडे पत्रिकाका सम्पादक जोशीलाई सो पुरस्कार वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं गण्डकी प्रदेश सांसद रोशनबहादुर गाहामगरले जोशीलाई…
४ देशीय अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको खेलमा लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपको फाइनलमा समेत पुगेको छ। नेपालले आफ्नो दोस्रो खेलमा लेबनानलाई १–० गोलले हरायो। नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन्। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो…
पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन्। पोखरा महानगरपालिका–३० ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन्। सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी दीक्षित भएका हुन्। पोखरा विश्वविद्यालयअन्तर्गत देशभर संचालित क्याम्पसहरूबाट विभिन्न ६८…
मूलधार र मोसफलका संचारमाध्यममा महिलाको अर्थपूर्ण सहभागिता र महिलाका सवालमा बढी समाचार सम्प्रेषण गर्न समाचार कक्षलाई प्रभावकारी बनाइनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मिडिया एड्भोकेसी ग्रुपद्वारा आयोजित एक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले समाचारको सम्पादन गर्ने ठाउँमा महिलाको सहभागिता कम हुँदा मूलधारका संचारमाध्यममा महिला राजनीतिकर्मी, महिला उद्यमीको समाचारले कम प्राथमिकता पाएको उल्लेख…
गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार हननका घटनाबाट ५०४ व्यक्ति प्रभावित भएका छन्। नेपाल मानव अधिकार प्रतिवेदन २०२५ सार्वजनिक गर्ने उद्देश्यले पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रस्तुत गरेको विवरणअनुसार, ४६९ महिला मानव अधिकार उल्लंघनका घटनामा परेको उल्लेख छ। इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलका अनुसार, ७५ जना पुरुष…
न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले संस्थाको ६४ औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत ६ विधामा १२ जनालाई पुरस्कार प्रदान गरेको छ। काठमाण्डौंको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) आयोजित वार्षिकोत्सव समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पुरस्कार प्रदान गरे। उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन…
नेपालको एकमात्र न्यूज एजेन्सी राससलाई सूचना प्रविधिको महत्वलाई जोड दिन सुझाव दिइएको छ। राससको ६४ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सुझाव दिए, ‘न्यूज एजेन्सी संस्थालाई सूचना प्रविधिमा आधारित राससका रुपमा विकास गरिनुपर्छ।’ उनीहरुले स्वयं राससको ‘इन हाउस’ व्यवस्थित बन्नुपर्नेमा सुझाव दिए। व्यवसायिक समाचार सामग्री उत्पादन गर्न…