
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते (बिहीबार) हुने भएको छ। मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज (आइतबार) पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको ४६ औं बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने खेलकुद पत्रकारहरु…
२० औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको तेस्रो दिन (शनिबार) दर्शकहरुको लोभलाग्दो भिड बढ्यो। शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भयो। महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गर्नुका साथै १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार–प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्। महोत्सवमा शनिबार…
म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई ७ हजार रुपियाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। प्रेस सेन्टर म्याग्दीले ९ वर्षअघि कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो। कार्यक्रममा गण्डकी प्रदेश…
डा. सन्दुक रुइत यस वर्षको श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट पोखरामा सम्मानीत भएका छन्। श्रीपती कोइराला गुठी पोखराको ३२ औं वार्षिक साधारण सभा अवसरमा गुठीद्वारा संचालित सो पुरस्कारबाट पोखरमा शनिबार डा. रुइतलाई सम्मान प्रदान गरिएको हो। पुरस्कार राशि नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र र पदक रहेको छ । ‘दृष्टिका देवता’ समेत भनेर…
पोखराका वरिष्ठ पत्रकार नारायण कार्की यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। पोखरामा शनिबार आयोजित समारोहमा श्रीपती कोइराला गुठीद्वारा संचालित उक्त पुरस्कारबाट कार्कीलाई सम्मान प्रदान गरिएको हो। उनलाई नगद २२ हजार २२२ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रसहितको सम्मान प्रदान गरिएको हो। पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप उक्त…
नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाले प्रकाशन गरेको ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको छ। ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको हो। नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाको नयाँ कार्यसमितिको पदस्थापना तथा सपथ कार्यक्रममा आज (शनिबार) पुस्तक सार्वजनिक (विमोचन) गरिएको हो। प्रतिनिधिसभा सदस्यहरु योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलगायतले संयुक्तरुपमा संचार…
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा रकम १ लाख रुपैयाँबाट ५ लाख पु-याउन स्रोतको खोजी भइरहेको बताएका छन्। बनेपामा शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४ औँ केन्द्रीय सभाको उद्घाटन गर्दै मन्त्री पौडेलको भनाई थियो, ‘बीमा रकम ५ लाख पु-याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको छ। विज्ञ टोलीले आज मात्रै सुझाव प्रतिवेदन…
पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षामा होम सेन्टरको प्रावधान हटाइएको छ। परीक्षालाई थप व्यवस्थित गर्न परीक्षा केन्द्रहरु तोकिने भएको छ। होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा संचालन गरिने भएको हो। शुक्रवार बसेको सरोकारवालासहितको महानगर शिक्षा समितिको बैठकले यस्तो…
कास्की जिल्ला माछापुच्छ्रे् गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समितिको सम्मेलन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले कार्यक्रममा बोल्दै मेलमिलापकर्ताहरुले प्रशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने औंल्याए। ‘न्यायिक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुन्छ’, गुरुङको सुझाव छ। मेलमिलापकर्ताले बास्तविक पीडितले न्याय पाउनेगरी जनताको हितमा काम गर्न…
पोखरा–१५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ। महोत्सव संयोजक तथा वडासदस्य आशिष भण्डारीकाअनुसार अघिल्ला दुई महोत्सवभन्दा यस पटकको खेलकुद महोत्सवलाई थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको छ। वडास्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन्। बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट…