Author Archive »

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरे। उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्। संघमा सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ। संपूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको…

मालेपाटनमा आठौं खुला तीज गीत प्रतियोगिता गरिने

भदौको दोस्रो हप्तादेखि मालेपाटन आडौं खुला तीज गीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सूर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको हो। कोभिडका कारण २ वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष संचालन गरिने सूर्यचन्द्र…

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्णबहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजीत मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरेपनि अन्य विषय मिलाउन नसक्दा…

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जान पाउँछन्

भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन्। नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो। बैठकले विषेशगरी ४ वटा विषयमा छलफल गरेको छ। जसअन्तर्गत नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल…

प्युठानको स्वर्गदारी नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

प्युठान जिल्लाको भिंगुस्थित स्वर्गदारी नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै कर्मचारीहरु माग गरेको हो। प्रशासन सहकायक पाँचौ तहमा १, सब–इञ्जीनियर पाँचौं २, स्वास्थ्य हेल्थ असिस्टेन्ट पाँचौं १, स्टाफ नर्स पाँचौं १, सब–इञ्जीनियर चौथो १, अमिन चौथो १, अहेब चौथो ७, अनमी चौथो ८, चालक १, हल्का…

कैलालीको गोदावरी नगरपालिकाले माग्यो कर्मचारी

कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका कार्यालयले करारमा कर्मचारी मागेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार करार कर्मचारीसम्बन्धी सूचना जारी गर्दै कर्मचारी मागेको हो। कार्यपालिका कार्यालयले भूमी आयोगका कार्यका लागि अमिन ६ जना, सर्भेक्षक ४, असिस्टेन्ट सब–इञ्जीनियर (ल्याब असिस्टेन्ट) १, सब–इञ्जीनियर (ल्याब टेक्निसियन) १, सूचना प्रविधि अधिकृत १ र कानून अधिकृत १ जना गरी करिब १४ जना कर्मचारी…

भारतले जित्यो, साफ यु–२० च्याम्पियनसीप फुटबलको उपाधि

भारतले साफ यु–२० को च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। यसअघि, लिग चरणमा बंगलादेशसँगको बदला लिदैं फाइनलमा भारतले बाजी मारेको हो। केहीबेर अघिमात्र सकिएको फाइनल खेलमा भारतले बंगलादेशमाथि ५–२ को नतिजा निकाल्दै उपाधि जितेको हो। भारतका लागि गुरकितर सिंह एक्लैले ४ गोल गरेपछि घरेलु टोली भारतको जित संभव भएको हो।  योसँगै भारत दोस्रो पटक च्याम्पियन बनेको…

राष्ट्रिय खेलकुदमा प्रदेशको भूमिका नभएकोमा लोकतान्त्रिक खेलकुद संघको आपत्ति

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका खेल विज्ञहरुलाई नसमेटेकोप्रति नेपाली काँग्रेस भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति जनाएको छ। दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी र त्यससँग सम्बन्धित समिति र उपसमितिहरुमा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघसंस्थालाई कुनै भूमिका नदिएको भन्दै…

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता…

पोखराका क्रियाशील पत्रकारहरु तिमिल्सिना र गुरुङलाई पत्रकारिता पुरस्कार

पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई वि.सं. २०७७ र तिमिल्सिनालाई वि.सं. २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशी जनही २५/२५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेश अर्थ…