
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष ०८१÷०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। मालेपाटनस्थित मन्त्रालयको सभाहलमा सोमबारदेखि आयोजित समीक्षा गोष्ठी मंगलबार सम्पन्न भएको हो। गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिति थियो। गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले समापन कार्यक्रममा बोल्दै आम कृषकको…
प्रेस काउन्सिल नेपालले संचार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ। नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा संचालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मंगलबार विशेष अपिल जारी गरको हो। सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक…
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो। यही कार्तिक २० गने मनाङेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो। पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो।…
गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भए को छ। आगामी मंसीर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गरिदैछ। यसमार्फत पर्यटकको आकर्षण बढाउन खोजिएको…
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा आजदेखि (सोमबार) देखि सुरु ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका हुन्। ‘तपाईँहरुको लगानीमा कुनै सुरक्षाको खतरा छ भने…
प्रेस काउन्सिल नेपालले विभिन्न ४ संचारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै, विभिन्न ७ संचारमाध्यमलाई विशेष अनुगमनमा राखी छानवीन गरिरहेको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै ती संचारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गर्नुका साथै विशेष अनुगमनमा राखेर छानवीन थालेको हो। काउन्सिलको निर्देशन अटेर गर्ने,…
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ। बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ। विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने म्याद थपिएको छ। लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको…
यु–१९ आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोटमा नेपालले थाइल्यान्डलाई हराएको छ। युएईमा चलिरहेको क्रिकेट खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको हो। यसअघि, थाइल्यान्डलाई नै ६७ रनले हराएको नेपालको यो थाइल्यान्डमाथि दोस्रो जित हो। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो। थाइल्यान्डका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसैगरी,…
नेकपा (माओवादी केन्द्र धनुषा) ले धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवार छनोट गरेको छ। नेकपा (माओवादी केन्द्र) धनुषाधाम नगरपालिका कमिटीले सुनिल कापरलाई सो पालिका (वडा) का वडाअध्यक्ष पदका लागि उम्मेदवार सर्वसम्मत रुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको हो। धनुषाधाम नगरपालिका–१ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटीले अनुमोदन गरेको भन्दै नेकपा…