राष्ट्रिय »

नासिर र डुवानाद्वारा नयाँ किर्तिमान कायम

नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्। नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्। यसैगरी, नासिरले १००…

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो। वि.सं. १८७१ असार २९…

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। उनले दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेको बताएका छन्। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले आफ्नो पार्टीको घोषणा गरेका हुन। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताएका छन्। घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताए। भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउन आफूले पार्टीको…

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालले भुटानलाई ५० रनले हरायो

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट बन्यो। भुटानले ४४ रन मात्र बनाउन सक्यो। भुटानका लागि छिरिङ जाङमोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४…

आजदेखि पुरानै बिदा र कार्यालय समय

आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ। गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।…

‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयको उत्कृष्ट पुरस्कार

गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ‘उत्कृष्ट’ नारालाई पुरस्कृत समेत गर्नेछ। एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ। त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (मचगन२mयजब।नयख।लउ) मा पठाउन सकिनेछ। मन्त्रालयका अनुसार…

नागरिकका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न ह्वाट्सएप नम्बर

धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…

मौन अविधि, आज राति १२ बजेबाट सुरु

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको…

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यस सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि…