राष्ट्रिय »

शपथ लिएसँगै नयाँ मन्त्रीहरुले गरे पदभार ग्रहण ( सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री गुरुङ )

पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा…

लकडाउन अवधिभर नेपालमा २ सय ३४ अन्तर्राष्ट्रिय उडान

पोखरा । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत–जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन्…

नेपाल सरकारले विदेशमा अलपत्रहरू परेकाको निःशुल्क उद्धार कार्यविधि बनाउँदै

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले…

नेपालको ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, अब कोरोनासम्बन्धी मिडिया ब्रिफिङका लागि डा. जागेश्वर गौतम

पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय…

कोरोना नियन्त्रणको लागि हालसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च

पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा…

नेपालमा एकै दिन मंगलबार ९० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा समेत थप २ जना नयाँ कोरोना संक्रमित

पोखरा । कोरोना भाइरसबाट मंगलबार थप ९० जना संक्रमित थपिएका छन् । कोरोनाको संक्रमितसँगै नेपालमा अब कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएका छन् । प्रवक्ता डा देवकोटाका अनुसार…

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यो महामारीबाट बाहिर निस्कन सरकारले आवश्यक कार्य गरिरहेको दाबी गरे । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनको भनाई थियो । क्वारेन्टिन थप…

४३ जिल्लामा कोरोना संक्रमण, सबैभन्दा गण्डकी प्रदेशमा कम (विस्तृत विवरणसहित)

पोखरा । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ । प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् । यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्ममा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११…

सरकारको नीति तथा कार्यक्रम: कुन क्षेत्रमा कस्तो रणनीति अपनाइएको छ ?

पोखरा । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । स्वास्थ्य क्षेत्रमा के के छन् ?   सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक…

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानका रुपमा अघि बढाइने

पोखरा । सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानको रुपमा कार्यक्रमको रुपमा अघि बढाउने भएको छ । सरकारको नीति तथा कायृक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अन्य रोजगारी सम्बन्धी कार्यक्रमसँग आवद्ध गरी रोजगारी सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रुपमा कार्यन्वयन गर्ने उल्लेख छ। अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी…