राष्ट्रिय »

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गराए

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्। जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको…

वैदेशिक रोजगारीमा रहेकाहरु अब सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…

साउनको दोस्रो हप्तामा एसइईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएको भन्दै बोर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेको थियो। एसइई परीक्षा गत वैशाख…

प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्। पुवुदुले राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किरहेको अवस्थामा राजीनामा दिएका हुन्। गत मंसीरमा नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टिममा दोस्रो कार्यकालका लागि २ वर्षे सम्झौता गरेका पुवुदुले एक साता अगाडि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। पुवुदुले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैे…

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १४ उपसमितिहरु गठन

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ। आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताका लागि राखेपले १२ वटा विषयगत उपसमितिहरु गठन गरेको हो। विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका…

साफ यु–२० लागि नेपालको अन्तिम टोली घोषणा

भारतमा हुने साफ यु–२० च्याम्पियनसीपका लागि नेपाली यु–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसीपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। साफ यु–२० च्याम्पियनसीप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ। नेपालले साफ यु–२० च्याम्पियनसीपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७…

नेपाल टी–२० लिग : ४ वटा टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि आज (सोमवार) ४ वटा टोलीको घोषणा गरिएको छ। आउँदो असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले ४ टोलीको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा १ नेपाली,…

एशियन शारीरिक सुगठनमा नेपालका राजुलाई कास्य

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्सअन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन्। माल्दिभ्समा आयोजना भइरहेको फिट्नेश फिजिकमा राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान हात पार्दै कास्य पदक जितेका हुन्। २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्। यसअघि…

सर्वोच्चले भन्यो, ‘सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक’

सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो। निशान्त पोखरेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै…

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको…